पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सेना प्रमुख जनरल असिम मुनिर आफूविरुद्ध लागेको र केही दिनअघि आफूलाई पक्राउ गर्ने आदेश पनि उनैले दिएको आरोप लगाएका छन्।
पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टी अध्यक्ष इमरान खानले आफूलाई सेना प्रमुख असिम मुनिरसँग कुनै समस्या नभएको तर, मुनिरले आफूलाई सत्तामा फर्कनबाट रोक्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।
उनले अल जजिरालाई दिएको अन्तर्वार्तामा भनेका छन्, “मलाई उनी (सेना प्रमुख)सँग कुनै समस्या छैन। तर, उनलाई मसँग समस्या भएको देखिएको छ।”
यसअघि, खानलाई गिरफ्तार गरेपछि पीटीआई समर्थकले सडकमा तोडफोड गर्दै ध्वंश मच्चाएका थिए। सरकार र सेनाको नेतृत्वमा रहेकाहरूले पीटीआई समर्थकलाई नियन्त्रणमा राख्न पक्राउ परेकाविरुद्ध विवादास्पद सैनिक कानून लगाउने निर्णय गरेका थिए। त्यसकै जवाफमा खानले यस्तो बताएका हुन्।
गएको मे १६ मा प्रधानमन्त्री शेहबाज शरिफको अध्यक्षतामा सेनाको उच्च नेतृत्वसहित बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले सार्वजनिक सम्पत्ति तोडफोड र सैन्य सामग्री नष्ट गर्नेविरुद्ध सैनिक कानून लगाएर कारबाही गर्ने निर्णय गरेको हो। यो निर्णय पीटीआई समर्थकप्रति लक्षित छ।
“मैले सेना प्रमुखलाई खलनायक बनाउने कुनै काम गरेको छैन। तर, उनी मविरुद्ध लाग्नुको पछाडि केही कारण छन्, जुन मलाई थाहा छैन,” खानले भनेका छन्। अल जजिरालाई अन्तर्वार्ता दिनुभन्दा एक हप्ताअघि खानले आफूलाई पक्राउको आदेश सेना प्रमुख जनरल मुनिरले नै दिएको आरोप लगाएका थिए।
७० वर्षीय खानले पाकिस्तानको लाहोरस्थित उनको निवासमा नै दिएको अन्तर्वार्तामा प्रहरीले आफ्नो पार्टीका सात हजार ५०० कार्यकर्तालाई थुनामा राखेको बताएका छन्। आफू पुनः पक्राउ परे शान्त रहन पनि उनले आफ्ना कार्यकर्तालाई आह्वान गरेका छन्।
प्रधानमन्त्री शरिफले विपक्षी कार्यकर्ता र नेताहरूमाथि थप हिंसात्मक कारबाही गर्ने तयारी गरिरहेको पनि खानले आरोप लगाए। “शीर्ष नेतृत्वको पङ्ती नै पक्राउ परेको छ। मविरुद्ध करिब १५० मुद्दा लगाइएका छन्। त्यसकारण म जुनसुकै बेला पक्राउ पर्न सक्छु। तर, मुख्य कुरा तिमी विचारलाई पक्राउ गर्न सक्नेछैनौ, जसको समय आइसकेको छ,” खानले भनेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
