मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश पहाडी भूभागमा वर्षा र कोशीको तराई भूभाग र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको जनाएको छ।
काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सोमबार देशका केही भागमा वर्षा र हावाहुरीको सम्भावना रहेको जनाएको छ। काठमाडौँमा अपराह्नपछि वर्षाको सम्भावना छ।
महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी भूभागमा पनि वर्षाको सम्भावना छ। कोशीको तराई भूभाग र मधेश प्रदेशका केही स्थानमा भने हावाहुरीको सम्भावना छ।
सोमबार राति कोशी र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ। विभागले हावाहुरी र चट्याङसहितको वर्षा हुने हुनाले शतर्क रहन पनि आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
