एमाले नेतृत्वको सरकारलाई विस्थापित गरेर बनेको गठबन्धन सरकारले नै अर्थतन्त्र संकटको डिलमा पुर्याएको ओलीको आरोप छ।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रम फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बेल्नै अध्यक्ष ओलीले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न सुझाव दिएका हुन्। “म प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिनुस्। यो देश र जनताको हितमा छैन,” ओलीले भने, “प्रतिपक्षले पाश गर्न दिएन भन्ने लाग्न भने पुनर्लेखन छुट दिन हामी तयार छौँ। पुनर्लेखन गर्नुस्। देश र जनताका निम्ति बनाउनुस्।”
नीति तथा कार्यक्रमको कुनै उद्देश्य नभएको ओलीको आरोप थियो। “गन्तव्य छैन। यस्तो नीति तथा कार्यक्रमले देशलाई स्थायित्व दिन सक्दैन। जनताका समस्या सम्बोधन गर्न सक्दैन,” उनले भने। प्रस्तावित नीतिमा उच्च दरको आर्थिक वृद्धि हासिल गर्ने कुनै योजना नभएको ओलीले बताए।
“आधुनिक पूर्वाधार निर्माणका कार्यहरू तीव्र गतिमा अगाडि बढाउने उत्साह नै छैन। सामाजिक न्याय कायम गर्ने दृष्टिकोण पनि छैन,” उनले भने, “सर्वत्र नीति शून्य नीतिको अवस्था छ। यस्तो नीति तथा कार्यक्रमले देशलाई गति दिन सक्दैन। राष्ट्र र जनताले भोगिरहेका समस्याहरूलाई सम्बोधन गर्न पनि सक्दैन।”
नीति तथा कार्यक्रमले मुलुकको वर्तमान अर्थतन्त्रको अवस्थाबारे जानकारी नगराएको पनि ओलीको भनाइ थियो।
उनले एमाले नेतृत्वको सरकारलाई सरकारलाई विस्थापित गरेर बनेको गठबन्धन सरकार नै अर्थतन्त्र संकटको डिलमा पुर्याएको समेत आरोप लगाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
