मन्त्री गुरुङले समयमा काम नसकिए सरकारले म्याद थपिहाल्छ भन्ने मान्यताबाट काममा ढिलासुस्ती नगर्न निर्माण व्यवसायीहरूलाई निर्देशन दिइन्।
काठमाडौँ– शहरी विकासमन्त्री सीता गुरुङले ललितपुरको भैँसेपाटीमा निर्माणाधीन मन्त्री निवास भवनको काम यथाशक्य पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिएकी छिन्। शनिबार आयोजनास्थलमा पुगेर निरीक्षण र भवन निर्माणको प्रगतिबारे जानकारी लिएपछि मन्त्री गुरुङले निर्माण व्यवसायीलाई सम्झौताबमोजिम बाँकी काम यथाशक्य पूरा गर्न निर्देशन दिएकी हुन्।
शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले निर्माण गरिरहेको सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संघीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूको निवास निर्माण गर्न सरकारले ०७६ कात्तिकमा ठेक्का लगाएको थियो। तर, कोभिड–१९ र अन्य कारणले समयमा काम हुन सकेन। त्यसयता भवन निर्माणका लागि तेस्रो पटक थपिएको म्याद पनि सकिँदै छ।
मन्त्री गुरुङले समयमा काम नसकिए सरकारले म्याद थपिहाल्छ भन्ने मान्यताबाट काममा ढिलासुस्ती नगर्न निर्माण व्यवसायीहरूलाई निर्देशन दिइन्। “बेलामा काम सक्यो भने तपाईंहरूलाई पनि ढुक्क हुन्छ। सरकारको पनि एउटा योजना पूरा हुन्छ। बरु कामदारको संख्या बढाउनुस्, दिनरात गरेर भए पनि काम गर्नुस्, तर सम्झौताबमोजिम यथाशक्य काम सम्पन्न गर्नुहोस्,” मन्त्री गुरुङले निर्देशन दिँदै भनिन्।
विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका अनुसार भवन निर्माणमा हालसम्म ९० प्रतिशत काम पूरा भएको छ। कार्यालयका उपनिर्देशक दीपक श्रेष्ठले आगामी असार मसान्तभित्र निर्माणका काम पूरा भइसक्ने जानकारी दिए। मन्त्री गुरुङसहित शहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, शहरी विकास तथा भवन निर्माण डिभिजनका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठ लगायतको टोलीले आयोजनाको स्थलगत अनुगमन गरेको हो।
त्यसक्रममा मन्त्री गुरुङले भवन निर्माण क्षेत्र वरपरका स्थानीयबासीहरूसँग समेत छलफल गरिन्। स्थानीयबासीहरूले भवन निर्माणसँगै आसपासको सडक निर्माण, ढल निर्माण लगायतका योजनामा समेत सरकारले लगानी गरिदिनुपर्ने माग गरेका छन्। मन्त्री गुरुङले स्थानीयबासीका माग सुनेपछि ती मागहरूका बारेमा आवश्यक समन्वय गरेर काम अघि बढाउने आश्वास्त पारिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
