हालसम्म पनि संविधानको पूर्ण कार्यान्वयन हुन नसकेको पूर्वराष्ट्रपति यादवको भनाइ छ।
काठमाडौँ– पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधानको पुनर्मूल्यांकन गर्ने बेला नभएको बताएका छन्।
काठमाडौँमा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालको संविधानको व्याख्या भाग १ र २’ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले संविधान पूर्ण रूपमा लागू गरेर जाने समय रहेको बताए।
संविधानको कार्यान्वयन सही ढंगबाट गर्न बाँकी नै रहेको यादवको भनाइ थियो। “ संविधानलाई लागू गर्नेतिर हामी जाऔँ। एकाध चुनावहरू हुन्, राम्रोसँग यो लागू होस्,” उनले भने, “यो संविधानलाई संरक्षण गरेर लैजान सकेनौँ भने भोलि हामी यो देशलाई पनि सम्हाल्न सक्दैनौँ।” भूराजनीतिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, लोकतान्त्रिक व्यवस्था र कानूनको शासनलाई सोचेर नै संविधान बनाइएको यादवको भनाइ छ।
कार्यक्रममा पुस्तकका लेखक ज्ञवालीले जनप्रतिनिधिले संविधान अनुकुल काम नगरेकाले पुस्तकबाट जनतालाई सुसूचित गर्ने लक्ष्यका साथ पुस्तक लेखेको बताए। नेपालमा शासकले विधिलाई शासन गरिरहेको उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
