राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक, सामाजिक रूपान्तरणमा तीव्रता आएको र विकास निर्माणले गति लिएको बताएका छन्।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनमा कुनै पनि प्रकारको सम्झौता नगरिने बताएका छन्। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने “सुशासनमा कुनै सम्झौता गरिने छैन।”
राष्ट्रपति पौडेलले संविधान कार्यान्वयनका अभ्यास, अनुभव र उपलब्धिहरू लागि उत्साहजनक रहेका बताए। “यस अवधिमा संघीय लोकतान्त्रिक गणतन्त्रका आधार स्तम्भहरू संस्थागत भएका छन्” उनले भने।
उनले राज्यका तीनवटै तहमा विधिको शासन कायम गर्ने र मानव अधिकारको संरक्षण तथा संवर्द्धन गर्ने दिशामा महत्त्वपूर्ण प्रगति भएको बताए। उनले आर्थिक सामाजिक रूपान्तरणमा तीव्रता आएको र विकास निर्माणले गति लिएको उल्लेख गरे।
संविधान कार्यान्वयनको पहिलो सात वर्षमा भूकम्प कोभिड–१९ डेंगी लगायतका विभिन्न प्राकृतिक तथा मानवीय प्रकोपले अर्थतन्त्रमा अनपेक्षित दबाब सिर्जना भएको उल्लेख गर्दै उनले समष्टिगत आर्थिक स्थायित्व र वित्त व्यवस्थामा पनि चुनौती सिर्जना भएको बताए। रुस युक्रेन युद्ध लगायतका घटनाले अर्थतन्त्रको बाह्य क्षेत्रमा चाप सिर्जना भएर आपूर्ति श्रृंखला प्रभावित भएको उल्लेख गरे।
“यस पृष्ठभूमिमा अर्थतन्त्रको बाह्य क्षेत्र र औद्योगिक वातावरणमा सुधार गर्दै लगानी र उत्पादन वृद्धि गर्दै अर्थतन्त्रको सुदृढीकरणमा सम्पूर्ण प्रयास केन्द्रित गर्नुपर्ने भएको छ। अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्दै समष्टिगत आर्थिक स्थायित्वसहित दिगो फराकिलो र सम न्यायिक आर्थिक वृद्धि हासिल गर्न सरकार प्रतिबद्ध छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
