कस्तो छ आजको मौसम?

दिउँसो प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राति भने मौसम सफा रहने विभागले जनाएको छ।

काठमाडौँ- आज देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

त्यस्तै, प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

राति भने देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। त्यस्तै, प्रदेश नं १,गण्डकी र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसबाहेक देशका अधिकांश भूभागको मौसम सफा रहने विभागले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ।