आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिता, २०७९ अनुसार उनीहरूलाई हेलिकोप्टर चढ्ने अनुमति दिएको बताए।
काठमाडौं– निर्वाचन आयोगले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनाव प्रचारप्रसारका लागि हेलिकोप्टर चढ्ने अनुमाति दिएको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिता, २०७९ अनुसार उनीहरूलाई हेलिकोप्टर चढ्ने अनुमति दिएको बताए।
“हामीले उहाँहरू (केपी शर्मा ओली र शेरबहादुर देउवालाई निर्वाचन आचारसंहिताअनुसार नै हेलिकोप्टर चढ्ने अनुमति दिएको हो। यसमा शंका गर्नुपर्ने कुनै ठाउँ छैन,” पौडेलले भने।
पौडेलका अनुसार एमाले र कांग्रेसले आचारसंहितामा भएको व्यवस्थालाई टेकेर पार्टीका दुई मुख्य प्रचारकलाई हेलिकोप्टर प्रयोग गर्ने अनुमाति मागेका थिए। एमालेले पार्टी अध्यक्षसहित अर्का एक जना र कांग्रेसले पनि सभापति एवं प्रधानमन्त्री देउवासहित अर्का एक जनाका लागि हेलिकोप्टर चढ्ने अनुमति मागेको थियो।
निर्वााचन आचारसंहितको दफा १४ को (छ) मा भनिएको छ, “राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न सक्ने, तर कुनै पनि मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीलाई मुख्य प्रचारकको अनुमति दिइने छैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
