प्रधानमन्त्री कप एक दिवसीय पुरूष क्रिकेट प्रतियोगितामा लुम्बिनी र गण्डकी प्रदेशले जित हात पारेको छ।
काठमाडौं– प्रधानमन्त्री कप एक दिवसीय पुरूष क्रिकेट प्रतियोगितामा लुम्बिनी र गण्डकी प्रदेशले जित हात पारेको छ। बुधबार सम्पन्न आ-आफ्नो खेलमा लुम्बिनी र गण्डकी प्रदेशले जित हासिल गरेका हुन्।
मूलपानी क्रिकेट मैदानमा बागमतीलाई ८ विकेटले हराउँदै लुम्बिनीले प्रतियोगितामा सुखद् शुरूआत गरेको छ। बागमतीले दिएको १५५ रनको लक्ष्य लुम्बिनीले ३५ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो।
लुम्बिनीको जितमा देव खनालले अविजित रहँदै ७७ रनको अर्धशतकीय इनिङ्सको योगदान दिए। खनालले ११९ बलमा ८ चौका र २ छक्का प्रहार गरे। त्यस्तै, सन्दीप रजाली ४१ बलमा २ चौकासहित २९ रनमा अविजित रहे। प्रज्ज्वल थापाले ४२ बलमा ४ चौकासहित २९ रन बनाए। बागमतीका प्रतिश जिसी र रिजन ढकालले १/१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ३८ ओभर १ बलमा अलआउट हुँदै १५४ रन बनाएको थियो। बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३३ रन बनाए। उनले ४६ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
दुर्गेश थापाले ३९ बलमा ४ चौका र १ छक्कासहित ३२ रन बनाए। यता, ओपनर आषुतोश २२, सूर्य तामाङ १७, प्रतिश जिसी १५ र रामनरेश गिरीले १० रन बनाए।
लुम्बिनीका अनिल खरेलले १० ओभरमा ३ मेडनसहित ३० रन खर्चेर ४ विकेट लिए। विशालविक्रम केसीले ३.१ ओभरमा १ मेडनसहित ५ रन खर्चेर २ विकेट लिए।
जितसँगै लुम्बिनीले १ खेलमा २ अंक जोडेको छ। लुम्बिनी समूह ‘बी’को दोस्रो स्थानमा रहेको छ।
बागमती ३ खेलमा अंकविहीन रहँदै पुछारमा रहेको छ।
गण्डकीको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा बुधबार सम्पन्न अर्को खेलमा कर्णाली प्रदेशलाई ३२ रनले हराउँदै गण्डकीले लगातार दोस्रो जित निकालेको छ। गण्डकीले दिएको २०९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४७ ओभरमा अलआउट हुँदै १७६ रन बनाउन सक्यो।
कर्णालीका हिमान्सु शाहीले ६९ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ११६ बलमा ८ चौका प्रहार गरे। यता, कप्तान रवीन्द्र शाहीले ८४ बलमा ५ चौकासहित ४२ रन जोडे।
गण्डकीका सुवास भण्डारी र चन्द्र पौडेलले ३/३ विकेट लिए। विपीन खत्रीले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा ९ विकेट गुमाएर २०८ रन बनाएको थियो। गण्डकीका लागि अभिषेक बस्नेतले ५१ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४५ बलमा ८ चौका र १ छक्का प्रहार गरे।
यस्तै, अर्जुन कुमालले ८८ बलमा ४ चौकासहित ४९ रन जोडे। विधान श्रेष्ठले १०४ बलमा ६ चौकासहित ४६ रन बनाए।
कर्णालीका अनुज चुनाराले ९ ओभरमा ५१ रन खर्चिए ४ विकेट लिए। प्रकाश जैसी र दिनेश अधिकारीले २/२ विकेट लिए।
जितसँगै समूह ‘ए’ को गण्डकीले २ खेलमा ४ अंक जोडेको छ। गण्डकी समूहको दोस्रो स्थानमा रहेको छ। कर्णालीले हारबाट प्रतियोगिताको शुरूआत गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
