एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकमा संघीयतामा पुनर्विचार गर्नेबारे सोच्न पनि नसकिने प्रस्ट्याएका छन्।
काठमाडौँ– नेकपा एमालेले पार्टी केन्द्रीय कमिटी बैठकमा संघीयताबारे छलफल नभएको स्पष्ट पारेको छ। शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने प्रस्ट्याएका हुन्।
बैठकमा संघीयताको विरोधमा छलफल गरिएको भन्ने बाहिर भ्रमपूर्ण हल्ला चलाइएको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले त्यस्ता हल्लालाई सम्पूर्ण रूपमा खारेज गर्ने बताएको पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
प्रचार उपप्रमुख रिजालले भने, “अब नेकपा एमालेको संघीयता नमान्ने भयो भन्नेजस्ता जुन खालका गलत हल्लाहरू चलेका छन्। यिनलाई अध्यक्षले सम्पूर्ण रूपमा खारेज गर्नु भएको छ।”
ओलीले बैठकमा पार्टीको आधिकारिक निर्णय मात्रै बाहिर लैजान पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन दिएका थिए। उपप्रमुख रिजालका अनुसार ओलीले बैठकमा आफ्नो पार्टी संविधान निर्माणको नेतृत्वकर्ता भएकाले यसका कुनै पनि पिल्लरलाई हल्लाउने वा चलाउने पक्षमा नरहेको बताएका थिए।
“पार्टीले संविधानलाई हल्लाउने, संविधानको पिल्लरलाई चलाउने अहिले कुनै पनि काम गर्न सक्दैन। र, त्यो काम सोच्न पनि सक्दैन,” उनले भने, “यो कुरा हाम्रो पार्टीको अध्यक्षले आज स्पष्ट ढंगले पार्टीको केन्दीय कमिटी बैठकमा निर्देशन गर्नु भएको छ।”
बैठकले मिसन ग्रासरुट अभियानबाट प्राप्त सुझावको आधारमा पार्टीको वार्षिक कार्ययोजना पनि तय गरेको छ। जसमा कम्युनिस्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने योजना समावेश गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
