लेखक विष्णु भण्डारीले नेपाली युद्धसाहित्यमाथि अध्ययन नभएको हुँदा यस विषयमा काम गर्ने हुटहुटी पैदा भएकोले कृति तयार गरेको बताएका छन्।
काठमाडौँ– साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक भएको छ। पद्मकन्या क्याम्पसको सगरमाथा हलमा आयोजित लोकार्पण समारोहमा मार्क्सवादी सौन्दर्यचिन्तकद्वय मोहन वैद्य ‘किरण’, निनु चापागाईं, कवि तथा समालोचकद्वय डा. अमर गिरी र डा. विन्दु शर्माले संयुक्त रूपमा कृति सार्वजनिक गरका हुन्।
कार्यक्रममा कृतिमाथि टिप्पणी गर्दै वैद्यले शान्ति शान्ति र बुद्धको देश भन्दै आएकोमा वीरगाथा कालदेखि जनयुद्धकालसम्म भएका युद्धहरूमाथि लेखिएको साहित्यलाई एकै ठाउँ राखेर अध्ययन गरेबाट नेपाल युद्धमय छ भन्ने कुरा प्रमाणित हुने बताए।
त्यसैगरी, कार्यक्रममा बोल्दै चापागाईंले नेपाली युद्धसाहित्यमाथि कमै लेखिएकोमा सबै कृतिलाई समेटेर युद्धसाहित्यको अध्ययन गरेकोले यस कृतिको महत्त्व बढी रहेको बताए। साथै उनले कृतिमा मार्क्सवाद र समाजवादी यथार्थवादमाथि कहीँकतै नबोलेको, नलेखेकोमा प्रश्न पनि उठाए।
कार्यक्रमका अर्का वक्ता डा. गिरीले युद्ध सशस्त्र मात्र नभएर निःशस्त्र पनि हुन्छ भन्दै साइबर युद्ध, जैविक युद्ध जस्ता युद्धलाई कृतिमा नसमेटिएको जनाए। उनले समग्रमा यो कृतिले नेपाली युद्धसाहित्यको मोटामोटी चित्र प्रस्तुत गरेको बताए।
कार्यक्रममा बोल्दै अर्का वक्ता डा. शर्माले नेपाली समालोचकहरूले युद्धसाहित्य र द्वन्द्वसाहित्यलाई एउटै भनेकोमा कृतिले युद्धसाहित्य र द्वन्द्वसाहित्यलाई अलग गरेर विवेचना गरेको बताइन्। साथै नेपाली साहित्यमा युद्धमाथि लेखिएको यस्तोखाले कृति नआएकोमा यसको महत्त्व रहेको बताइन्।
कार्यक्रमका चारै जना वक्ताले कृतिको भूमिकामा रहेको नेपाली साहित्यको काल विभाजनमाथि बढी समय खर्चिएका थिए। लेखकले विसं. १९४० देखि २०१७ सम्मलाई जागरण काल भनेकोमा असहमति व्यक्त गरेका थिए।
लेखक भण्डारीले नेपाली युद्धसाहित्यमाथि अध्ययन नभएको हुँदा यस विषयमा काम गर्ने हुटहुटी पैदा भएकोले कृति तयार गरेको जनाए। उनले कृतिमा एकीकृत राष्ट्रनिर्माणको क्रममा भएका युद्ध, नेपालको अखण्डता, सार्वभौमिकता तथा प्रजातन्त्र र गणतन्त्र प्राप्तिका लागि भएका युद्ध र सशस्त्र विद्रोहमाथि लेखिएको साहित्यका साथै द्वन्द्वसाहित्यको पनि विवेचना गरिएको जनाए।
पुस्तक ‘भुँडीपुरान प्रकाशन’ले बजारमा ल्याएको हो। ५ सय पृष्ठको कृतिको मूल्य ७ सय राखिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
