मुम्बईले दिएको २१९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९१ रन मात्र बनायो।
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले शीर्षस्थानको गुजरात टाईटन्सलाई पराजित गरेको छ।
सुर्यकुमार यादवको सानदार शतकमा घरेलु टोली मुम्बई २७ रनले विजयी भएको हो। मुम्बईले दिएको २१९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९१ रन मात्र बनायो।
गुजरातका राशिद खानले ७९ रन बनाए पनि जितका लागि पर्याप्त भएन। उनले ३२ बलमा ३ चौका र १० छक्का प्रहार गरेका थिए। डेबिड मिलरले २६ बलमा ४१ रन बनाए।
मुम्बईका अकाश मधवालले ३ तथा कुमार कार्तिक्य र पीयुष चावलाले समान २/२ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २१८ रन बनाएको थियो। मुम्बईका लागि सूर्यकुमार यादवले १०३ रनको शतकीय इनिङ्स खेले।
उनले ४९ बलमा ११ चौका तथा ६ छक्का प्रहार गरेका थिए। ओपनर रोहित शर्माले २९ तथा इशान किशनले ३१ रन बनाए। गुजरातका राशिद खानले ४ तथा मोहित शर्माले १ विकेट लिए।
जितसँगै मुम्बई १४ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ। पराजित गुजरात भने १६ अंकका साथमा शीर्षस्थानमा कायम छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
