प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन बिथोल्ने गतिविधि हुन नदिने गरी सुरक्षा व्यस्था मिलाउने प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ– निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने किसिमका गतिविधि हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाउने बताएको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र त्यो पार्टीका नेताहरूले निर्वाचन बिथोल्ने अभिव्यक्ति दिइरहेका बेला आयोगले त्यसो हुन नदिन सचेत रहेको जनाएको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा निर्वाचन बिथोल्ने खालको कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षा योजना बनाउने बताए। उनले विप्लव नेतृत्वको नेकपाको नाम नलिई कुनै 'राजनीतिक समूहले भनेको कुरालाई आयोगले गम्भीरतापूर्वक लिएको र सोहीअनुसार सुरक्षा योजना बनाउने' विषयमा छलफल शुरु गरिएको बताए।
"जुन राजनीतिक समूहले जे भनेको छ, त्यो विषयलाई लिएर हुने दंगाहरूको सम्बन्धलाई गम्भीर रूपमा लिएर छलफलमा बसेको पनि छौँ। त्यसैअनुसार सुरक्षा योजनाको पुनरावलोकन गर्छौं र कार्यान्वयन हुन्छ", उनले भने, "मलाई लाग्दछ– यो निर्वाचन बिथोल्न सक्ने गरी कुनै पनि गतिविधि हुन दिइँदैन। यसमा हामी सचेत छौँ।"
निर्वाचन आयोगले निर्वाचन सामग्री ढुवानीमा गुनासो आउन नदिने गरी काम गर्ने प्रतिबद्धतासमेत जनाएको छ। प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन सामग्रीको ढुवानीमा समस्या देखिए त्यसलाई सच्याएर आयोग अघि बढने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
