मंगलबार, पीटीआई अध्यक्ष खानलाई भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको छ। उत्तरदायित्व ब्युरोले पूर्वप्रधानमन्त्रीविरुद्ध अनुसन्धान गर्दै छ।
पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गरिएपछि पाकिस्तानभर भएका विभिन्न झडपमा कम्तिमा आठ जनाको मृत्यु भएको छ। झडपमा २९० भन्दा बढी घाइते भएको पनि डनले बिहीबार उल्लेख गरेको छ।
झन्डै एक हजार ९०० प्रदर्शनकारीलाई गिरफ्तार गरिको छ। प्रहरी चौकीसहित विभिन्न सरकारी भवनहरू क्षतिग्रस्त भएका छन्। इस्लामाबादको एक अदालतले बुधबार अल कादिर ट्रस्ट मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई आठ दिनका लागि हिरासतमा लिएपछि देशभर तनावको स्थिति सिर्जना भएको छ।
केन्द्रीय महासचिव असद उमरलाई हिरासतमा लिएको केही घण्टापछि पीटीआईका वरिष्ठ उपाध्यक्ष फवाद चौधरीलाई पक्राउ पनि गरिएको थियो।
पन्जाब, खैबर पख्तुनख्वा र इस्लामाबादमा, प्रशासनले बिग्रँदै गएको अवस्थालाई व्यवस्थापन गर्ने प्रयासमा सेना परिचालन गरिएको थियो। प्रदर्शनकारीहरूले कोर कमान्डरको लाहोरको घरमा प्रवेश गरी रावलपिंडीको जीएचक्यूको एउटा गेटसमेत भत्काएका छन्।
यसअघि बिहीबार पाकिस्तानका पूर्व विदेशमन्त्री, पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का उपाध्यक्ष मखदुम शाह महमूद कुरैशीलाई इस्लामाबाद प्रहरीले पक्राउ गरी अज्ञात स्थानमा सारिएको थियो।
पाकिस्तानको एक्सप्रेस ट्रिब्यूनका अनुसार बुधबार दिउँसो पीटीआई नेतालाई इस्लामाबादको गिलगिट–बाल्टिस्तान हाउसबाट हिरासतमा लिइएको थियो।
मंगलबार, पीटीआई अध्यक्ष खानलाई भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको छ। उत्तरदायित्व ब्युरोले पूर्वप्रधानमन्त्रीविरुद्ध अनुसन्धान गर्दै छ। कुरेशीलाई पन्जाब र खैबर पीमा दंगा र आगजनीका घटनामा प्रहरीको खोजीमा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
