भारतले प्रतियोगिता खेल्न पाकिस्तान भ्रमण नगर्ने तथ्यलाई ध्यानमा राख्दै पीसीबीले 'हाइब्रिड मोडल' प्रस्ताव गरेको छ। मोडलमा भारतले आफ्ना सबै खेल युएईमा खेल्ने र बाँकी खेल पाकिस्तानमा खेलाउने उल्लेख छ।
काठमाडौँ– पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले मंगलबार एशियाली क्रिकेट काउन्सिल (एसीसी)लाई आफ्नै भूमिमा एशिया कप आयोजना गर्न पुन: आफ्नो ‘हाइब्रिड मोडल’ प्रस्तुत गर्यो। जसमा पीसीबीले आफ्नो र भारतबीचको खेल नटस्थ भूमि यूएईमा गर्ने प्रस्ताव राखेको थियो।
तर, श्रीलंका क्रिकेट (एसएलसी) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले यूएईमा प्रतियोगिता आयोजना गर्ने प्रस्तावमाथि आपत्ति जनाएका छन्। राजनीतिक तनावका कारण भारतले प्रतियोगिता खेल्न पाकिस्तान भ्रमण नगर्ने तथ्यलाई ध्यानमा राख्दै पीसीबीले प्रस्ताव गरेको समाधान हाइब्रिड मोडल थियो। प्रस्तावित मोडलमा भारतले आफ्ना सबै खेल युएईमा खेल्ने र बाँकी खेल पाकिस्तानमा गराउने उल्लेख छ।
पाकिस्तान र दोस्रो देशबीचको यात्रामा व्यवस्थापनका चुनौती उत्पन्न हुने बीसीबी र एसएलसीको भनाइ छ। दुवै बोर्डले सेप्टेम्बरमा यूएईमा चरम गर्मी हुने भएका कारण पनि खेल्न कठिनाइ हुने बताए। ‘हामी हाइब्रिड मोडलको विरुद्धमा छौँ भनेर एसीसीलाई इमेल लेखेका छौँ,” एसएलसी सचिव मोहन डी सिल्भाले इएसपीएन क्रिकइन्फोसँग भने, “तर, अन्तिम निर्णयमा भएको छैन। यूएईमा त्यो समयमा धेरै गर्मी हुन्छ।”
बीसीबी र एसएलसी दुवैले आफूलाई इमेल पठाएको पीसीबीको दाबी छ। उक्त इमेलमा उनीहरूले आफूलाई पाकिस्तानमा खेल्न कुनै समस्या छैन भनेका छन्। गत वर्षको एशिया कप २७ अगस्टदेखि ११ सेप्टेम्बरसम्म यूएईमा खेलिएको थियो। त्यही विन्डोमा बोर्डहरूले यसपटक आपत्ति जनाइरहेका छन्।
सन् २०१८ को एशिया कप यूएईमा १५–२८ सेप्टेम्बरसम्म भएको थियो। उक्त संस्करण पनि भारतमा आयोजना हुनुपर्ने थियो। तर, भारत–पाकिस्तान राजनीतिक तनावका कारण यूएईमा सारियो। गत वर्ष श्रीलंकामा एशिया कप हुनुपर्ने थियो। राजनीतिक र आर्थिक उथलपुथलका कारण त्यहाँ पनि हुन सकेन। यूएईमै सारियो। यसपटक श्रीलंकालाई सम्भावित तटस्थ भूमिका रूपमा लिइएको छ।
डी सिल्भाले आफ्नो बोर्ड एशिया कप आयोजना गर्न तयार रहेको बताएका छन्। "यदि श्रीलंकामा प्रतियोगिता खेलाउने प्रस्ताव गर्छन् भने हामी त्यसलाई स्वीकार गर्छौँ। प्रतियोगिता हाम्रो भूमिमा आयोजना भएपनि पाकिस्तान आधिकारिक आयोजक हुनेछ," उनले भने।
तर, पीसीबीले आफ्नो अडान दोहोर्याउँदै हाइब्रिड मोडेल अस्वीकार गरिए। एशिया कप नखेल्ने चेतावनी दिएको छ। विश्वकपको तयारीस्वरूप ५० ओभरको ढाँचामा आयोजना हुने एशिया कपमा एसीसी प्रिमियर कपको विजेता नेपालसँगै भारत र पाकिस्तानलाई एकै समूहमा राखिएको छ। अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
