राजधानी खार्तुममा निरन्तर गोलाबारी र आक्रमण चलिरहेका छन्। अधिकांश मानिस घर छाडेर भागेपछि शहर सुनसान बनेको छ।
सुडानमा सेना र अर्धसैनिक बल (आरएसएफ)बीच हिंसा भड्किएयता सात लाख नागरिक विस्थापित भएका छन्।
संयुक्त राष्ट्रसंघका अनुसार गत साता मात्रै विस्थापितको संख्या दोब्बरले बढेको छ। युद्धविरामका बाबजुद विस्थापित हुनेको संख्या बढेकाले थप हिंसा चर्किने खतरा रहेको बीबीसीले जनाएको छ। राजधानी खार्तुममा निरन्तर गोलाबारी र आक्रमण चलिरहेका छन्।
अधिकांश मानिस घर छाडेर भागेपछि शहर सुनसान बनेको छ। ५४ लाख जनसंख्या भएको शान्त शहर खार्तुम अप्रिल १५ मा सेना र अर्धसैनिक बलबीचको भिडन्तपछि अशान्त बनेको हो।
खार्तुमस्थित ओटोमन युगको ऐतिहासिक दरबारमा मंगलबार सेनाले हवाई आक्रमण गरेको थियो। सुडानको राष्ट्रपतीय भवन नजिकै रहेको यो दरबार सेना प्रमुख अब्देल फत्तेह अल बुरहानको नियन्त्रणमा थियो। दरबार सन् १८३२ मा सुडान ओटोमन साम्राज्यको हिस्सा ररेको समयमा स्थापना भएको बीबीसीले जनाएको छ।
दुईपक्षीय भिडन्तमा हालसम्म ६०० भन्दा बढी मानिसको मृत्यु भएको छ। पाँच हजारभन्दा बढी घाइते भएको बताइएको छ। हाल दुईपक्षीय भिडन्त खार्तुम नजिकका दुई शहर बाहरि र ओमदुरमन तथा पश्चिमी क्षेत्र डार्फरमा जारी छ।
सुडान हिंसा चर्किएयता विभिन्न चरणमा प्रतिबद्धता जनाइएका युद्धविरामसमेत कार्यान्वयनमा आएका छैनन्। अन्तर्राष्ट्रिय जगतले स्थायी युद्धविरामको पहल गरिरहेको छ। तर सफल हुन सकेको छैन।
“युद्धका कारण अधिकांश मानिस आफन्तकामा बसिरहेका छन्। कोही विद्यालय, मस्जिद र सार्वजनिक भवनमा भेला भएका छन्। उनीहरूसँग नगद छैन। एटीएमसहित कुनै बैंकिङ प्रणालीले काम गरेका छैनन्,” अन्तर्राष्ट्रिय आप्रवासन संगठनका प्रवक्ता पल डिलिअनले भने।
उनीहरूले खाद्यान्न र इन्धनजस्ता आधारभूत सामग्रीको संकट खेपिरहेको डिलिअनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
