भूमिकास्थान नगरपालिकाको तिरतिरे जंगलमा लागेको आगो बस्तीमा पसेपछि निभाउने क्रममा जलेर पाँच जना भएका छन्। उता, सन्धिखर्क नगरपालिका–४ वाङलास्थित मुस्लिम बस्तीमा आगलागी हुँदा आठ घरगोठ जलेर नष्ट भएका छन्।
अर्घाखाँची– भूमिकास्थान नगरपालिकाको तिरतिरे जंगलमा लागेको आगो निभाउने क्रममा जलेर पाँच जना गम्भीर घाइते भएका छन्।
मंगलबार बेलुका जंगलमा लागेको आगो २ नं वडास्थित पदम बेल्वासेको घरमा सल्किएपछि निभाउने क्रममा पदमसहित स्थानीय माधव बेल्वासे, घनश्याम बेल्वासे, पीताम्बर बेल्वासे र अस्मिता बेल्वासे घाइते भएका हुन्।
घाइते पाँचै जनालाई जिल्ला अस्पताल सन्धिखर्कमा प्राथमिक उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालले बताए। घाइतेहरूको शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ। अन्य घर जोगाउन सफल भएको वडाध्यक्ष बुद्धिबहादुर थापाले बताए।
यस्तै सन्धिखर्क नगरपालिका–४ वाङलास्थित मुस्लिम बस्तीमा आगलागी हुँदा आठ घरगोठ जलेर नष्ट भएका छन्। चार वटा भैँसी र ८०० भन्दा बढी कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
स्थानीय खैरे मियाँ, रजिम मियाँ, काला मियाँ, सम्सु मियाँ, जमालदिन मियाँ, सफी मियाँ र समसेर मियाँका घरगोठ जलेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
