एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष निकालेको छ।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष निकालेको छ।
मंगलबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले सो प्रकरणमा प्रहरीले गरिरहेको अनुसन्धानलाई पार्टी सचिव रायमाझीले सघाउनुपर्ने निष्कर्ष निकालेको हो।
सचिव रायमाझीको नाम पनि सो प्रकरणमा आएकाले उनले विधिपूर्वक, कानूनसम्मत अनुसन्धानको काममा सघाउनुपर्ने निर्णय गरिएको पार्टीका उपमहासचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
"नेकपा एमाले कानूनको शासनमा विश्वास गर्ने पार्टी हो। त्यसकारण कानूनको परिपालन गर्ने कुरामा हामीले निर्वाह गर्नुपर्ने भूमिकाहरू खासगरी हाम्रो कमरेड टोपबहादुर रायमाझी अनुसन्धानमा सन्दर्भमा उहाँको नाम आएको छ। यो कानूनको शासन, विधिको शासन मान्ने पार्टी भएको हुनाले विधिपूर्वक, कानूनसम्मत अनुसन्धानको प्रक्रियालाई सघाउनुपर्ने हाम्रो निर्णय छ," उनले भने।
प्रहरीको खोजी सूचीमा रहेका पूर्वमन्त्री समेत रहेका एमाले सचिव रायमाझी फरार रहेका छन्। यो प्रकरणमा जोडिएका १० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। जसमा रायमाझीका छोरा, नेपाल सरकार सचिवसहितका व्यक्ति छन्।
यसैगरी, बैठकले यही वैशाख २८ गतेदेखि शुरू हुने पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने १० वटा अजेन्डा तय गरेको छ।जसअनुसार भदौ १० र ११ गते सम्पन्न केन्द्रीय कमिटी बैठकयताको राजनीतिक घटनाक्रम सहितको राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने छन्।
त्यसैगरी, 'मिसन ग्रासरुट' अभियानको समीक्षा गरी पार्टी केन्द्रले र प्रदेश कमिटीले वार्षिक कार्ययोजना बनाउने छन्। हालसम्म केन्द्रीय सचिवालय बैठकले गरेको निर्णयहरू पनि बैठकले अनुमोदन गर्ने अजेन्डा तय गरिएको प्रचार विभाग प्रमुख गुरुङले बताए।
बैठकमा नवप्रवेशीको व्यवस्थापन गर्ने विषयमा पनि छलफल हुने अजेन्डा तय गरिएको छ। एमालेले अन्य पार्टीबाट प्रवेश गरेकाहरूलाई व्यवस्थापन गर्ने काम नभएकाले उनीहरूको कार्य विभाजनको काम पनि सो बैठकले गर्ने जनाएको छ।
बैठकमा विभिन्न आयोगका अध्यक्षहरूको पनि समीक्षात्मक प्रतिवेदन पेश हुने र त्यसउपर पनि छलफल हुनेछ। समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्ने र अध्यक्ष ओलीको मन्तव्यसहित बैठक समापन गर्ने अजेन्डा एमालेले तय गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
