पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई इस्लामाबाद उच्च अदालत बाहिरबाट सुरक्षा बलले मंगलबार दिउँसो गिरफ्तार गरेको छ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। उनलाई इस्लामाबाद उच्च अदालत बाहिरबाट सुरक्षा बलले मंगलबार दिउँसो गिरफ्तार गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका अध्यक्षसमेत रहेका खानलाई पक्राउ गरिएको इस्लामाबाद प्रहरीले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। आईजीले जारी गरेको विज्ञप्तिमा खानलाई 'अल कादिर ट्रस्ट' मामिलामा गिरफ्तार गरिएको उल्लेख छ। उनले अवस्था सामान्य रहेको पनि उल्लेख गरेका छन्। इस्लामाबाद प्रहरीले धारा १४४ उल्लंघनमा खानमाथि कारबाही हुने जनाएको छ।
पार्टीका नेता फवाद चौधरीले ट्विटमार्फत अदालत परिसरबाट खानलाई अज्ञात व्यक्तिले उठाएर अज्ञात स्थानमा लगेको बताएका छन्। उनले सो क्रममा वकिल र सर्वसाधारणलाई पनि यातना दिएको उल्लेख गरेका छन्।
उनले भनेका छन्, "पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालत परिसरबाट उठाइएको छ। वकिल र सर्वसाधारणलाई यातना दिइएको छ। इमरान खानलाई अज्ञात व्यक्तिहरूले अज्ञात स्थानमा लिएर गएका छन्। इस्लामाबाद हाइ कोर्टका मुख्य न्यायाधीशले गृहसचिव र आईजीलाई १५ मिनेटभित्र खानलाई अदालतमा पेश गर्न आदेश दिएका छन्।"
खानलाई गिरफ्तार गरिएपछि अदालत परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिइएको र खानका समर्थक र सुरक्षाकर्मीबीच झडपको स्थिति सिर्जना भएको पनि बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
