परीक्षामा अमर्यादित क्रियाकलाप गरेमा विद्यार्थीको सबै परीक्षा रद्द गर्ने र एक वर्षसम्म कुनै पनि परीक्षा दिन नपाउने गरी कारबाही हुने बोर्डले जनाएको छ।
भक्तपुर– कक्षा १२ को परीक्षा आजदेखि शुरू हुँदैछ। बिहान ८ बजेदेखि हुने परीक्षामा चार लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गरे। परीक्षाका लागि देशभर एक हजार ४५७ केन्द्र निर्धारण गरिएको छ।
यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने भएका छन्। उनीहरूले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ। सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै जति वटा विषयमा नन ग्रेड आएको छ, त्यो विषयमा मात्र परीक्षा दिनुपर्ने व्यवस्था गरेको छ।
बोर्डले लागू गरेको लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा नन ग्रेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो। यसो गर्दा गत वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको थियो।
परीक्षामा अमर्यादित क्रियाकलाप गरेमा विद्यार्थीको सबै परीक्षा रद्द गर्ने र एक वर्षसम्म कुनै पनि परीक्षा दिन नपाउने बोर्डले जनाएको छ। यो परीक्षालाई माध्यमिक तहको अन्तिम परीक्षाका रूपमा लिइन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
