कोलकत्ता ११ खेलमा १० अंक जोडेर पाँचौँ स्थानमा उक्लिएको छ। समान अंक रहेको पन्जाब सातौँ स्थानमा छ।
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकत्ता नाइट राइडर्सले पन्जाब सुपर किंग्सलाई पराजित गरेको छ।
इडेन गार्डेनमा गएराति भएको खेलमा घरेलु टोली ५ विकेटले विकेटले विजयी भएको हो। जितका लागि पाएको १८० रनको लक्ष्य कोलकत्ताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो।
कोलकत्ताका कप्तान नितिश राणाले ५१ रनको अर्थशतकीय ईनिङ्स खेले। आन्द्रे रशेलले ४२ तथा जेशन रोयले ३८ रन बनाए।
पन्जाबका राहुल चाहरले २ तथा हरप्रित बार र नाथन इल्सले समान १/१ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७९ रन बनाएको थियो। पन्जाबका कप्तान शिखर धवनले ५७ रनको अर्धशतकीय ईनिङ्स खेले।
उनले ४७ बलमा ९ चौका र १ छक्का प्रहार गरे। शाहरुख खान २१ रनमा नटआउट रहे।
कोलकत्ताका वरुण चक्रवतीले ३ तथा हर्षित राणाले २ विकेट लिए।
जितपछि कोलकत्ता ११ खेलमा १० अंक जोडेर पाँचौँ स्थानमा उक्लिएको छ। समान अंक रहेको पन्जाब सातौँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
