भारतको केरलमा डुंगा पल्टिएर ज्यान गुमाउनेको संख्या २२ पुग्यो

भारतको दक्षिणी केरल राज्यमा डुंगा पल्टिएर ज्यान गुमाउनेको संख्या २२ पुगेको छ। प्रहरीले डुंगा सञ्चालकविरुद्ध उजुरी गर्दा गरेको छ।

भारतको दक्षिणी केरल राज्यमा डुंगा पल्टिएर ज्यान गुमाउनेको संख्या २२ पुगेको छ। मलप्पुरम जिल्लाको तुवलतिरममा पर्यटकले खचाखच भरिएको डुंगा आइतबार राति पल्टिएको थियो।

उद्धार कार्य जारी रहेको र डुंगालाई हिलो पानीबाट निकालिएको बताइएको छ। मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको बीबीसीले उल्लेख गरेको छ। भीडभाडका कारण डुंगा पल्टिएको बताइएको छ। डुंगाले करिब ५० जनालाई लिएर गइरहेको थियो। यो डुंगाको क्षमताभन्दा दोब्बर संख्या हो।

प्रहरीले डुंगा सञ्चालकविरुद्ध उजुरी गर्दा गरेको छ। उनी अहिले फरार रहेका समाचारमा जनाइएको छ। भारतीय प्रधानमन्त्रीले घटनाप्रति शोक व्यक्त गरेका गरेका छन्।

स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार केही यात्रु डुंगा मुनि च्यापिएका थिए। रातिको समय भएका उद्धार कार्यमा अवरोध उत्पन्न भएको थियो। मृतकमा छुट्टी मनाउन आएका बालबालिका र महिलाहरू पनि रहेको बताएको छ।

केरलका खेल तथा मत्स्य मन्त्री बी अब्दुर्रहिमनले चार जनालाई अस्पताल लगिएको बताए। उनका अनुसार उनीहरूको अवस्था गम्भीर रहेको छ। बेपत्ता रहेकाको यकिन विवरण प्राप्त भई नसकेको बताइन्छ।

सुरक्षा अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेको बताएका छन्। उनीहरूले उक्त डुंगा सञ्चालनका लागि अनुमति दिइएको थियो कि थिएन भन्नेबारे पनि अनुसन्धान गरिरहेको बताइएको छ।