एएफसीका अनुसार सर्वाधिक १० पटक अरेबियन गल्फ कप जितेको कुवेतसँगै लेबनानले आमन्त्रित टोलीका रूपमा प्रतियोगितामा सहभागिता जनाउने छन्।
काठमाडौँ– भारतमा आगामी जुन–जुलाईमा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा ८ टोलीले सहभागिता जनाउने भएका छन्।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सोमबार दुई आमन्त्रितसहित ८ राष्ट्रले सहभागिता जनाउने पक्का भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो।
एएफसीका अनुसार सर्वाधिक १० पटक अरेबियन गल्फ कप जितेको कुवेतसँगै लेबनानले आमन्त्रित टोलीका रूपमा प्रतियोगितामा सहभागिता जनाउन लागेको हो। कुवेतले पछिल्लोपटक सन् १९८० मा एशिया कप जितेको थियो। कुवेत फिफा वरीयतामा १४३औँ स्थानमा छ। यता, लेबनान १००औँ स्थानमा रहेको छ।
महासंघले यसअघि साउदी अरबको यू–२३ टोली र मलेसियालाई सहभागिताका लागि प्रस्ताव गरेको थियो। साउदी विश्व वरीयतामा ५४ र मलेसिया १३८औँ स्थानमा छन्। तर, उनीहरूले उक्त प्रस्ताव अस्वीकार गरेपछि कुवेत र लेबनानलाई आमन्त्रित टोलीको रूपमा सहभागिता गराउन लागेको महासंघले जनाएको छ।
साफ च्याम्पियनसिपको १४औँ संस्करण जुन २१ देखि जुलाई ३ सम्म भारतमा आयोजना हुँदै छ। प्रतियोगितामा दक्षिण एशियाका आयोजक तथा साबिक विजेता भारत, उपविजेता नेपालसँगै भुटान, मालदिभ्स, पाकिस्तान र बंगलादेश सहभागी हुने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
