प्रतिनिधिसभाको बैठक शुरू हुनेबित्तिकै आफ्नो स्थानबाट उठेका सांसद अमरेशकुमार सिंहले आफ्नो कमिज र भित्री लुगा खोलेका थिए। तर, सभामुखले कारबाहीको चेतावनी दिएपछि उनले कमिज लगाए।
काठमाडौँ– सोमबार प्रतिनिधिसभा बैठक शुरू हुनेबित्तिकै अमरेशकुमार सिंहले कमिज खोलेपछि सभामुख देवराज घिमिरेले कारबाहीको चेतावनी दिएका छन्। सभामुखको चेतावनीपछि उनले कमिज लगाए।
सभामुखले बैठक शुरू भएको जनाउ दिनेबित्तिकै सांसद सिंह आफ्नो स्थानबाट उठेका थिए। नेमकिपा सांसद प्रेम सुवालसहितका सांसद उठेर बोल्न समय मागेपछि संसद् सुचारू गर्न आफ्नो ठाउँमा बस्न सांसदहरूलाई सभामुख घिमिरेले आग्रह गरेका थिए।
सभामुखले संसद् नियमावली ख्याल गर्न पटकपटक आग्रह गरेका थिए। तर, सभामुखको आग्रहपछि पनि सिंहले कमिजको टाँक खोले। उनले त्यसो गरिरहँदा सभामुखले मर्यादा ख्याल गर्न आग्रह गरेका थिए। सिंहले भने कमिज खोलेर अगाडी कुर्सीमाथि राखेका थिए। त्यसपछि उनले भित्री पोशाक (गन्जी) पनि खोलेका थिए।

त्यसपछि, सभामुख घिमिरेले संसद् नियमावलीको नियम ३० बमोजिम चेतावनी दिइएको बताएका थिए। नियम ३० मा बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्ने र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्ने उल्लेख छ।
सभामुखले सांसद सिंहलाई व्यवहार नसच्याए अर्को व्यवस्थामा जाने चेतावनी पनि दिएका थिए। नियमावलीको नियम ३१ (१) मा त्यस्तो व्यवहार नसच्याए सभामुखले सांसदलाई बैठक कक्षबाट निस्कासन गर्ने व्यवस्था छ। नियम ३१ (२) मा त्यस्ता सांसद आफैँ बाहिर नगए मर्यादापालक लगाएर निकाल्न सक्ने व्यवस्था छ।

सभामुखको रुलिङपछि सांसद सिंहले लुगा लगाएका थिए। त्यसपछि सभामुखले बैठक अगाडि बढाएका थिए। तर, सिंहलाई सभामुखले अहिलेसम्म बोल्नका लागि समय भने दिएका छैनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
