ढुंगा छापेर बनाइएको रेलिङसहितको पदमार्ग, प्रवेशद्वारा, सूचना बोर्ड र प्राकृतिक भ्यूटावरका रूपमा रहेको बेलढुंगालाई भत्केपछि बनाइएको नयाँ संरचनाले थप आकर्षित बनाएको छ।
बागलुङ- बागलुङको पर्यटकीयस्थल बेलढुंगामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। प्रचार–प्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुंगा आउने पर्यटकको संख्यामा क्रमशः वृद्धि भएको हो।
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमामा बेलढुंगा अवस्थित छ। माथिल्लो भाग पहिराले भत्किएपछि उजाड बनेको बलेढुंगामा गण्डकी प्रदेश सरकार र स्थानीयको साझेदारीमा पूर्वाधार निर्माण गरिएको थियो। बेलढुंगा आउने पर्यटकलाई धम्जाको ओखलेमा स्थापना गरिएको सामुदायिक घरबासका कारण सहज भएको छ।
बेलढुंगा आउँदा निकै आनन्दित र ऊर्जा थपिएको जैमिनी नगरपालिकाका रमेश केसीले बताए। “समाचार र सामाजिक सञ्जालबाट थाहा त पाएको थिए, तर यहाँ आएपछि सुनेभन्दा राम्रो लाग्यो, पदमार्ग र हिमालको दृश्यले मनै लोभ्यायो”, उनले भने। ढुंगा छापेर बनाइएको रेलिङसहितको पदमार्ग, प्रवेशद्वारा, सूचना बोर्ड र प्राकृतिक भ्यूटावरका रूपमा रहेको बेलढुंगालाई भत्केपछि बनाइएको नयाँ संरचनाले थप आकर्षित बनाएको छ।
यहाँबाट हिमशङ्खला, म्याग्दी सदरमुकाम बेनीसहित उच्च पहाडी भेगको अवलोकन गर्न सकिन्छ। प्राकृतिक पहाडको टुप्पोलाई नामकरण, प्रचार–प्रसार तथा पूर्वाधार निर्माणका कारण पर्यटक यहाँ आउन थालेको स्थानीय गोपाल श्रीसको भनाइ छ। “पालिका र गण्डकी प्रदेशले सहयोग गरेको छ, पाँच वर्षदेखि घरबाससमेत सञ्चालन गरेका छौँ”, बेलढुंगा सामुदायिक घरबासका सञ्चालकसमेत रहेका श्रीसले भने, “अहिले शुक्रबार र शनिबार अरू समयभन्दा बढी पर्यटक यहाँ आउने गरेका छन्।”
दुवै जिल्लाका स्थानीयवासीको पहल र प्रयत्नपछि अहिले फेरि बेलढुंगा नयाँ स्वरूप ल्याएको मात्रै छैन, बेलढुंगालाई राष्ट्रियरूपमा नै चिनाइसकेको छ। गुमनाम रहेको बेलढुंगाको विशेषता र प्रचार–प्रसारका कारण पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ। बेलढुंगाको विकासका लागि गण्डकी प्रदेश सरकारले दुई वर्षअघि रु २० लाख र चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको थियो।
करिब दुई घण्टाको सडक यात्रापछि बागलुङ बजारबाट पुग्न सकिने सो गन्तव्यमा म्याग्दीतर्फबाट समेत सजिलै पुगिन्छ। समुद्री सतहदेखि दुई हजार छ सय १२ मिटरको उचाइमा रहेको बेलढुंगाबाट देखिने सुन्दर हिमशृङ्खलादेखि दुई विभिन्न जिल्लाका गाउँघर र प्राकृतिक मनोरम दृश्य देख्दा मनै लोभ्याउने गरेको स्थानीय मनकुमारी भण्डारी बताउँछन्।
भत्किएको बेलढुंगा काठेखोला गाउँपालिकाको रु दुई लाख ५९ हजारमा मर्मतसम्भार गरिएको थियो। ओख्लेको देउरालीसम्म सडक पुगेको छ। त्यहाँबाट दुई सय ६० मिटर पदमार्ग प्रयोग गरेर बेलढुंगा पुग्न सकिन्छ। दृश्यावलोकनसँगै सूर्योदय पनि यहाँबाट हेर्न सकिन्छ। अधिकांश पर्यटक घरबासमा बास बसेर बिहान बेलढुंगा पुगेर सूर्योदय हेर्ने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
