दीपक चाहरले चोटका कारण पछिल्लो सिजन खेल्न पाएनन् र फ्रान्चाईजीले उनलाई कुनै पनि खेल नखेलेर १४ करोड भारू तिर्नुपरेको थियो।
काठमाडौँ– मुम्बई इन्डियन्सको स्कोरकार्ड हेर्दा चेन्नाई सुपर किंग्सको शानसाद जित निस्किने सबैले आकलन गरेका थिए। तर, चेपौकमा मुम्बईविरुद्ध चेन्नईको नतिजा सुखद थिएन। पछिल्ला ७ मध्ये २ खेलमा मात्रै चेन्नाईले मुम्बईलाई पराजित गरेको इतिहास रहेको थियो।
यहाँको पिच सामान्यतया स्पिनरमैत्री छ। तर, शनिबार (मे ६) मा त्यस्तो भएन। झन्डै एक दशकमा सबैभन्दा ठूलो प्रतिद्वन्द्वीहरूमाथि पहिलो पटक तीव्र गतिका बलर हाबी भए। त्यसमध्ये एक हुन् दीपक चाहर। चेन्नईका स्टार बलरले यो सिजन पहिलो विकेट यही पिचमा लिएका हुन्।
चाहरले सन् २०२१ को आईपीएल फाइनलमा अन्तिम विकेट लिएका थिए। त्यसपछि चोटका कारण उनी सन् २०२२ को सिजन पूर्ण रूपमा अनुपस्थित रहे। यस सिजनमा उनी चेन्नईको उद्घाटन खेलमा समेत टोलीमा थिएनन्। लखनऊ सुपर जाइन्ट्सविरुद्ध मौका पाएको बेला उनले ४ ओभरमा ४१ रन दिए। तर, विकेटविहीन रहे।
तर, मुम्बईविरुद्धको खेलमा उनले कमब्याक गरे। ३ ओभरमा १८ रन दिएर २ विकेट लिए। उनले इशान किशनलाई आफ्नो पहिलो शिकार बनाए भने टोलीका लागि दोस्रो विकेटका रूपमा उनले कप्तान रोहित शर्मालाई डक आउट गरे।
दीपकलाई चेन्नईले १४ करोड भारूमा आफ्नो टोलीमा समावेश गरेको थियो। यस्तो अवस्थामा उनले चोटका कारण पछिल्लो सिजन खेल्न पाएनन् र फ्रान्चाईजीले उनलाई कुनै पनि खेल नखेलेर १४ करोड भारू तिर्नुपरेको थियो। यस्तो अवस्थामा उनले यो सिजनमा पनि १४ करोड कमाए। अर्थात् ५६८ दिनमा २८ करोड भारू कमाएपछि चाहरको खातामा पहिलो विकेट परेको छ।
खेलको कुरा गर्दा पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १३९ रन मात्र जोडेको थियो। मुम्बईको शीर्षक्रम नराम्रोसँग ध्वस्त भयो। मुम्बईका लागि नेहल बढेराको ब्याटले सर्वाधिक ६४ रन बनाएको थियो। यसबाहेक ट्रिस्टन स्टब्सले २० र सूर्यकुमार यादवले २६ रन बनाए। चेन्नईकातर्फबाट मथिशा परिथनाले सर्वाधिक ३ विकेट लिएका थिए। चेन्नईकातर्फबाट डेभन कन्वेले ३३, ऋतुराज गायकवाडले ३० र शिवम दुबेले २६ रन बनाएर १७.४ ओभरमा टोलीलाई जिताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
