कूल २३ कम्पनीको शेयर मूल्य उकालो लाग्दा १८७ कम्पनीको भने ओरालो लागेको छ। यस्तै, आठ कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ। साताको पहिलो दिनको कारोबारमा बजार खुलेलगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूच्क १९.१२ अंकले ओरालो लागेर १८५०.६१ मा सीमित भएको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१४ अंकले ओरालो लागेर ३५४.७८ मा सीमित भएको छ। कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको नेप्सेले जनाएको छ।
कूल २३ कम्पनीको शेयर मूल्य उकालो लाग्दा १८७ कम्पनीको भने ओरालो लागेको छ। यस्तै, आठ कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन। कूल २० लाख १५ हजार ९५९ कित्ता शेयर ६० करोड ८१ लाख ३५ हजार ९४ रुपैयाँमा खरिदबिक्री भयो।
कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको तीन करोड २२ लाख ३७ हजार ६०७ मूल्य बराबरको शेयर कारोबार भयो। यस्तै, मकर जितुमाया सुरी हाइड्रोपावर एक करोड ८९ लाख ७६ हजार १०३, नबिल बैंक एक करोड ६८ लाख २३ हजार, एनआइसी एशिया बैंक एक करोड ५४ लाख ७० हजार ६२३ र ङादी ग्रुप पावरको एक करोड ५३ लाख १५ हजार ५९२ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्त ८.२२, इस्टर्न हाइड्रोपावर ७.६१, सनराइज ब्ल्यूचिप फन्ड ५.८७, राष्ट्र उत्थान लघुवित्त ३.७८ र बलेफी हाइड्रोपावरको शेयर मूल्य ३.४८ प्रतिशतले बढेको छ। यस्तै, एनएमबी बैंकको ऋणपत्र ८.८३, मकर जीतुमाया सुरी हाइड्रोपावर ८.३१, घलेम्दी हाइड्रोपावर ५.८२, मन्दाकिनी हाइड्रोपावर ५.७५ र श्वेतगंगा हाइड्रोपावरको शेयर मूल्य ५.७१ प्रतिशतले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
