आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनको शपथ आजै साढे १२ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ।
काठमाडौँ– नेपाली कांग्रेसका सांसद सुरेन्द्रराज आचार्य मन्त्री नियुक्त भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आचार्यलाई आइतबार बिहान मन्त्री नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जनकारी दिए।
शर्माका अनुसार आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ। उक्त मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवको मन्त्रालय परिवर्तन गरिएको छ।
उनलाई खानेपानी मन्त्रालयको जिम्मा दिइएको शर्माले बताए। मन्त्री आचार्यको शपथ आजै साढे १२ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने छ। नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु–२ बाट निर्वाचित भएका हुन्।
प्रधानमन्त्री दाहालले यसअघि कांग्रेसबाटै मोहनबहादुर बस्नेत, धनराज गुरूङ र डिगबहादुर लिम्बुलाई मन्त्री नियुक्त गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
