गुजरात सातौँ जितका साथ अंक तालिकाको शीर्षस्थानमा कायम छ। पाँच जित र पाँच हार बेहोरेको राजस्थान पाँचौँ स्थानमा छ।
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्ससँग राजस्थान रोयल्स पराजित भएको छ।
गएराति भएको खेलमा साबित विजेता गुजरातसँग घरेलु टोली ९ विकेटले स्तब्ध बनेको हो। गुजरात सातौँ जितका साथ अंक तालिकाको शीर्षस्थानमा कायम छ।
पाँच जित र पाँच हार बेहोरोको राजस्थान पाँचौँ स्थानमा छ। जयपुरमा जितका लागि पाएको ११९ रनको सामान्य लक्ष्य गुजरातले १३.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो।
गुजरातका हार्दिक पान्ड्या ३९ र ओपनर ऋद्धिमान शाह ४१ रनमा अविजित रहे। अर्का ओपनर शुभमन गिल ३६ रनमा आउट भए।
राजस्थानका युजभेन्द्र चहलले १ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको राजस्थान १७.५ ओभरमा ११८ रनमा अल आउट भयो।
राजस्थानका कप्तान सञ्जु स्यामसनले सर्वाधिक ३० रन बनाए। ओपनर यशस्वी जैसवाल १४, देवदत्त पाडिक्कल १२, ट्रेन्ट बोल्ट १५ रनमा आउट भए।
गुजरातका राशिद खानले ३ विकेट लिए। नुर अहमदले २ तथा मोहम्मद शामी, हार्दिक पान्ड्या र जोशुवा लिटिलले समान १/१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
