कानूनमन्त्री धनराज गुरुङ, स्वास्थ्यमन्त्री मोहन बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
काठमाडौँ– नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन्।
उनीहरूलाई राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन्।
उनीहरूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
पुस १० गते प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार नवौँपटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा तीन मन्त्री नियुक्त गरेका थिए। तीनै जना नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका हुन्।
शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख देवराज घिमिरेलगायतको उपस्थित रहेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
