नवनियुक्त मन्त्रीहरूको शपथ आज ३ बजे

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवौँपटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा बुधबार कांग्रेसका तीन जनालाई मन्त्री नियुक्त गरेका थिए।

काठमाडौँ– नवनियुक्त मन्त्रीहरूको शपथ बिहीबार हुँदैछ। कानुमन्त्री धनराज गुरुङ, स्वास्थ्यमन्त्री मोहन बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउन लागेका हुन्।

तीनै जना नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका हुन्। मन्त्रीहरूको शपथ समारोह दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार नवौँपटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा तीन मन्त्री नियुक्त गरेका थिए।