बोर्डले गत असोज २ मा एउटा स्टक एक्सचेन्ज, दुईवटा कमोडिटी एक्सचेन्ज र कुनै संख्या नतोकी ब्रोकर लाइसेन्स वितरणका लागि सूचना जारी गरेको थियो।
काठमाडौं– नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार स्टक एक्सचेन्ज, वस्तु विनिमय बजार कमोडिटी एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरणको सम्पूर्ण प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। बोर्डले धितोपत्र बजार र वस्तु विनिमय बजारको आवेदनका लागि दिएको समयको अन्तिम दिनमै लाइसेन्स वितरणको सम्पूर्ण प्रक्रिया रोक्ने निर्णय गरेको हो।
बोर्डले मंगलबार विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाट जारी भएको अल्पकालीन अन्तरिम आदेशअनुरूप अर्को सूचना जारी नहुँदासम्मका लागि आवेदन लिनेलगायतका कामकारबाही स्थगित गरिएको जनाएको छ।
सर्वोच्चले गत कात्तिक ४ गते स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र स्टक ब्रोकरको नयाँ लाइसेन्स वितरण प्रक्रिया तत्काल अघि नबढाउन धितोपत्र बोर्डलाई अल्पकालीन अन्तरिम आदेश जारी थियो।
धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालका अनुसार धितोपत्र बोर्डमा सर्वोच्चको आदेश कात्तिक ६ गते साँझ मात्रै प्राप्त भएको थियो। ७ गतेबाट तिहार बिदा भएकाले मंगलबार मात्रै लाइसेन्स वितरणको प्रक्रिया रोकिएको उनले बताए।
मंगलबार बिहान बसेको बोर्डको बैठकले सर्वोच्चको आदेशअनुरूप तत्कालका लागि सबै प्रक्रिया रोक्ने निर्णय गरेको हो। कात्तिक २२ गते यसबारे छलफलका लागि सर्वोच्च जाने र त्यसपछि मात्र प्रक्रिया अघि बढ्ने/नबढ्नेबारे निष्कर्षमा पुगिने बोर्डले जनाएको छ।
बोर्डले गत असोज २ मा एउटा स्टक एक्सचेन्ज, दुईवटा कमोडिटी एक्सचेन्ज र कुनै संख्या नतोकी ब्रोकर लाइसेन्स वितरणका लागि सूचना जारी गरेको थियो।
३० दिन म्याद रहेको ब्रोकर लाइसेन्सको आवेदन दिने समय असोज ३१ गते सकिएको छ। जसमा ४६ वटा कम्पनीको आवेदन परेको छ। त्यस्तै, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि ४५ दिनको म्याद मंगलबार सकिएको छ।
नयाँ स्टक र कमोडिटीका लागि सोमबार बेलुकासम्म एउटा पनि आवेदन नपरेको बोर्डका प्रवक्ता रुपेश केसीले जानकारी दिए। मंगलबारबाट सबै प्रक्रिया रोकिएकाले यस दिन कुनै आवेदन नलिइएको उनले बताए।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
