आइतबार २७१ कम्पनीको ३२ लाख ६ हजार ४५० कित्ता सेयर २६ हजार ८०१ पटक किनबेच हुँदा ९५ करोड ४३ लाख २२ हजार ३७७ बराबरको कारोबार भयो।
काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ।
आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.११ अंकले घटेर १८७०.६५ को विन्दुमा कायम भएको हो। आइतबार सेन्सेटिभ इन्डेक्स २.९५ र फ्लोट इक्डेक्स १.३४ अंकले घटेको छ।
आइतबार २७१ कम्पनीको ३२ लाख ६ हजार ४५० कित्ता सेयर २६ हजार ८०१ पटक किनबेच हुँदा ९५ करोड ४३ लाख २२ हजार ३७७ बराबरको कारोबार भयो।
आइतबार सबै समूहका उपसूचक घटेका छन्। सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचक ८७.१७ र निर्जीवन बिमा समूहको उपसूचक ४६.६६ अंकले घटेको छ।
कारोबारका हिसाबले सबैभन्दा धेरै एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को सेयर मूल्य ३.३३ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड ग्रोथ फन्डको सेयर मूल्य ८.८९ अंकले घटेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको चार करोड २५ लाख १० हजार ८०० बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
