पेले फाउन्डेसनले सञ्चालन गरेकाे अभियानले एक लाख २५ हजार मानिसको हस्ताक्षर संकलन गरेपछि शब्दकोशमा समावेश गर्ने निर्णय भएको हो।
महान् फुटबल खेलाडी एड्सन अरान्तेस दो नासिमेन्तोको निकनेम ‘पेले’ शब्द अब औपचारिक रूपमा शब्दकोशमा राखिएको छ। पोर्तुगिज भाषाको शब्दकोष ‘मिकाइलिस’को अनलाइन संस्करणमा पेले शब्दलाई नयाँ विशेषणका रूपमा राखिएको छ। जसको अर्थ असाधारण, अतुलनीय र भिन्न राखिएको छ। पेले फाउन्डेसनले गरेको एक अभियानले एक लाख २५ हजार मानिसको हस्ताक्षर संकलन गरेपछि शब्दकोशमा समावेश गर्ने निर्णय भएको हो।
फुटबलमा विलक्षण प्रतिभा भएका पेलेलाई विश्व फुटबल इतिहासमा सर्वाधिक उत्कृष्ट खेलाडीका रूपमा चिनिन्छ। उनी तीन वटा विश्वकप जित्ने पहिलो खेलाडीसमेत हुन्।
दुई दशक लामो खेल जीवनमा उनले ब्राजिलियन क्लब सान्तोस, ब्राजिलियन राष्ट्रिय टोली र न्युयोर्कको कसमसका लागि कीर्तिमानी एक हजार २८१ गोल गरेका थिए। सन् २०२२ डिसेम्बरमा ८२ वर्षको उमेरमा पेलेको निधन भएको थियो।
मृत्युपछि उनको पूर्वक्लब सान्तोस, स्पोर्टस् टिभी र पेले फाउन्डेसनले नामलाई शब्दकोशमा राख्नुपर्ने दबाबसहित अभियान चलाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
