नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनविरुद्ध भण्डाफोर अभियान चलाउने भएको छ।
काठमाडौं– नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपाले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनविरुद्ध लाग्ने जनाएको हो।
पत्रकार सम्मेलनमा बोल्दै सो पार्टीका स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले कात्तिक ४ गते बसेको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले निर्वाचनलाई सशक्त प्रकारले खारेज गर्ने निर्णय गरेको बताए। उनले निर्वाचनविरुद्ध भण्डाफोर, पर्चा वितरण, जुलुस र सभाको आयोजना गरिने बताए। नेकपाले निर्वाचनमा भाग नलिन जनतालाई अपिल गर्ने निर्णय पनि गरेको छ।
"निर्वाचन खारेज अभियान प्रभावकारी बनाउन देशव्यापी रूपमा चुनावको भण्डाफोर, वालिङ, पर्चा वितरण, जुलुस, सभाको व्यापक रूपले आयोजना गर्ने साथै जनतालाई लुटेराको चुनावमा भाग नलिन अपिल गर्ने निर्णय लिएको छ," उनले भने, "प्रचारात्मक कार्यक्रममा राज्यले दमन गरे उचित प्रतिरोध गर्ने पनि निर्णय गरिएको छ।"
चुनाव खारेज अभियानलाई सहयोग पुग्नेगरि केन्द्रीय सामना परिवारबाट सांस्कृतिक अभियान सञ्चालन गर्ने निर्णय पनि नेकपाले गरेको छ। बैठकले २९ सदस्यीय पोलिटब्यूरो र ६ सदस्यीय स्थायी समितिको निर्वाचन गरेको छ भने केन्द्रीय समितिको प्रवक्तामा खड्गबहादुर विश्वकर्मालाई नियुक्त गरेको छ।
त्यसैगरि, यही कात्तिकमा नवौं महाधिवेशन विशेषाङ्क मुखपत्र र नयाँ दृष्टिकोण प्रकाशित गर्ने, पार्टीको केन्द्रीय पुस्तकालयलाई सुव्यवस्थित गर्न पुस्तकालय विभागले कामलाई निरन्तर अगाडि बढाउने निर्णय गरिएको पनि उनले बताए।
बैठकले पार्टीका नेता वीरजंगको मृत्यु भएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाइ पार्टीको धारणा बनाउने निर्णय गर्न स्थायी समिति सदस्य विश्वकर्माको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको पनि उनले उल्लेख गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
