मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगन्जले महानगर क्षेत्रलाई सुन्दर, सफा, नमूना बनाउने उद्देश्यले नियमित सरसफाइ अभियान चलाइरहेको छ।
वीरगन्ज– तपाईं वीरगन्ज महानगर क्षेत्रमा जथाभाबी फोहोर त फाल्दै हुनुहुन्न? यदि फाल्दै हुनुहुन्छ भने तपाईंमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा लाग्न सक्छ।
मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगन्जले महानगर क्षेत्रलाई सुन्दर, सफा, नमूना बनाउने उद्देश्यले नियमित सरसफाइसँगै जथाभाबी फोहोर फाल्नेमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ।
सडक तथा गल्लीमा फोहोर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरले अब जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको सरसफाइ शाखा प्रमुख सरफदिन मियाँले जानकारी दिए।
“जथाभाबी फोहोर फाल्नेलाई २०७९ पुस १७ देखि जरिबाना तिराउँदै आएका छौँ। अझै फोहर फाल्ने क्रम रोकिएको छैन” उनले भने, “जरिबाना गर्दा फोहोर फाल्ने केही कम त भएको छ। तर अपेक्षाकृत घटेको छैन।” हालसम्म जथाभाबी फोहोर फ्याँक्ने व्यक्ति र संस्था गरी ३६२ जनाबाट महानगरले आठ लाख ७१ हजार रुपैयाँ राजस्व संकल गरेको छ।
“घर, पसल र कार्यालयबाट निस्किने फोहर जताततै फ्याँक्ने प्रवृत्ति छ,” मियाँले भने “त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान शुरू गरेका छौँ ।” सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ।
वडा नम्बर १ देखि ३२ वडामा वीरगन्जस्थित पृथी तारा एमके इन्टरनेशनल जेभीसँग २०७६ साल जेठ २ सम्झौता गरेको थियो। डम्पिङ साइड नहुँदा फोहरमैला व्यवस्थापनमा समस्या हुँदै आएकोमा चार वर्षअघि महानगरले आफ्नो डम्पिङ साइड बनाएपछि फोहरमैला व्यवस्थापनमा कुनै अहिले कुनै समस्या नरहेको उनले बताए। विगत केही वर्षअघिसम्म अस्तव्यस्त र दुर्गन्धित नगरका रूपमा परिचित महानगर क्षेत्रलाई सरसफाइ दृष्टिले मुलुककै नमूना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाइएपछि वीरगन्ज सफा र सुन्दर देखिन थालेको छ।
अतिक्रमण र फोहोरको चपेटामा परेको आदर्शनगर, घण्टाघर, विर्ता, माईस्थान सडक सफा र सुन्दर भएका छन्। आर्थिक राजधानीका रूपमा चिनिएको वीरगन्ज महानगरको पर्यटन प्रवर्द्धनका लागि नगर क्षेत्रको सरसफाइलाई उच्च प्राथमिकतामा राखेर काम थालेको नगरप्रमुख राजेशमान सिंहले बताए।
“बढ्दो जनघनत्व र सडकमै फोहर फ्याल्ने प्रवृत्तिका कारण नगरक्षेत्र दुर्गन्धित र फोहर देखिएको थियो,” नगरप्रमुख सिंहले भने, “फोहोर व्यवस्थापन गरी वीरगन्जलाई सफा, सुन्दर र पर्यटकीय नगरी बनाउन मैले संकल्प गरेको छु।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
