बढुवा सिफारिसविरुद्ध ७ दिनभित्र कुनै उजुरी नपरे १८ जनाले एसएसपीको दर्ज्यानी चिह्न लगाउने छन्।
काठमाडौँ– नेपाल प्रहरीमा रिक्त रहेको १८ प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) दरबन्दीमा बढुवा सिफारिस भएको छ। शुक्रबार बसेको प्रहरीको बढुवा सिफारिस समितिको बैठकले रिक्त पदमा १८ जना एसपीलाई बढुवाका लागि सिफारिस गरेको हो।
बढुवामा पहिलो नम्बरमा नेपाल प्रहरी प्रधान कार्यालय यूएन शाखामा कार्यरत एसपी विश्व अधिकारी परेका छन्। त्यस्तै भुपेन्द्रबहादुर खत्री दोस्रोमा बढुवा सिफारिस भएका छन्।
सानुराम भट्टराई तेस्रो, ओमप्रसाद अधिकारी चौथो, शेखर खनाल पाँचौ, अबिनारायण काफ्ले छैटौं, सोमेन्द्रसिंह राठोर सातौँ, मुकुन्द मरासीनी आठौं, दीपशम्शेर जबरा नवौं, बेलबहादुर पाण्डे दशौँमा छन्।
त्यस्तै, दिनेशराज मैनाली एघारौँ, गोपालचन्द्र भट्टराई बाह्रौँ, प्रविण पोखरेल तेह्रौँ, गंगा पन्त चौधौँ, कृष्णबहादुर पल्ली मगर पन्ध्रौँ, विश्वमणी पोखरेल सोह्रौँ, तारादेवी थापा सत्रौँ र प्रज्वल महर्जन अठारौँ नम्बरमा बढुवा सिफारिस भएका हुन्।
बढुवा सिफारिसविरुद्ध ७ दिनभित्र कुनै उजुरी नपरे १८ जनाले एसएसपीको दर्ज्यानी चिह्न लगाउने छन्।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
