समूह 'ए'को आफ्नो अन्तिम खेलमा साउदी अरबलाई ३६७ रनको विशाल लक्ष्य दिएको ओमान ७२ रनले विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ। यो समूहबाट नेपाल एक खेलअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ।
काठमाडौँ- ओमान एसीसी प्रिमियर कपको सेमिफाइनल प्रवेश गरेको छ। समूह 'ए'को आफ्नो अन्तिम खेलमा बुधबार साउदी अरबलाई ७२ रनले पराजित गर्दै ओमान सेमिफाइनलमा पुगेको हो। यो समूहबाट नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ।
ओमानले दिएको ३६७ रनको लक्ष्य पछ्याएको साउदी ४६.५ ओभरमा सबै विकेट गुमाउँदै २९४ रनमा समेटियो। साउदीका ओपनर अब्दुल वाहिदले सर्वाधिक ९५ रन बनाए। उनले ८६ बलमा १४ चौका र १ छक्का प्रहार गरे।
यस्तै, साद खानले ८० बलमा १० चौका र १ छक्कासहित ७८ रन बनाए। उनीहरूबाहेक साउदीका कप्तान हिशाम शेखले ३६, अब्दुल वाहिदले २५ र इमरान आरिफले १० रन बनाए। आतिफ-उर-रहमान १६ रनमा अविजित रहे। ओमानका बिलाल खानले ८.५ ओभरमा ७५ रन खर्चिएर ४ विकेट लिए। जय ओडेद्राले ३, जिशान मक्सूदले २ र आयान खानले १ विकेट लिए।
त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३६६ रन बनाएको थियो। ओपनर जतिन्दर सिंहले सर्वाधिक ८८ रन बनाए। उनले ७९ बलमा ११ चौका र २ छक्का प्रहार गरे।
यस्तै, शोएब खानले ७० बलमा ८ चौका र २ छक्का प्रहार गरे। कप्तान जिशान मक्सूद ५४ र ओपनर कश्यप प्रजापती ५१ रनमा आउट हुँदा मोहम्मद नादिम ७१ र आयन खान १२ रनमा अविजित रहे। आतिफ-उर-रहमानले ९ बलिङ गर्दै ८० रन खर्चिएर ३ विकेट लिए। अब्दुल वाहिदले २ र अब्दुल वाहिदले १ विकेट लिए।
जितसँगै ओमान समूह 'ए' को शीर्ष स्थानमा छ। ओमानको चार खेलबाट ६ अंक भएको छ। ओमान नेपालसँग मात्रै पराजित भएको थियो। ओमानले कतारलाई ४० रन र मलेसियालाई ८ विकेटले पराजित गरेको थियो। नेपालसँग भने ८४ रनले पराजित भएको थियो।
साउदीले चार खेलबाट ३ अंक जोड्यो। साउदीले कतारलाई ७ विकेटले पराजित गरेको थियो। नेपालसँग वर्षाको कारण अंक बाँडेको थियो भने मलेसियासँग ८ विकेटले पराजित भएको थियो।
यस समूहबाट एक खेल अगावै सेमिफाइनलमा पुगिसकेको नेपालले अन्तिम खेल प्रतियोगिताबाट बाहिरिसकेको कतारसँग खेल्ने छ। यो खेल बिहीबार कीर्तिपुरमा बिहान ९ बजेदेखि शुरू हुने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
