नरेन्द्र मोदी स्टेडियममा २०८ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५२ रन मात्रै बनायो।
काठमाडौँ– गुजरात टाइटन्स् इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो स्थानमा उक्लिएको छ।
पाहुना टोली मुम्बई इन्डियन्सलाई ५५ रनले पराजित गर्दै गुजरातले पाँचौँ जित दर्ता गरेको हो।
नरेन्द्र मोदी स्टेडियममा २०८ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५२ रन मात्रै बनायो। मुम्बईका नेहाल वढेराले सर्वाधिक ४० रन बनाए।
उनले २१ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। कप्तान रोहित शर्मा ८ बल खेल्दै दुई रनमा कट एन्ड बोल्ड आउट भए। क्यामरुन ग्रीनले २६ बलमा ३ छक्काको सहयोगमा ३३ रन बनाए।
गुजरातका नूर अहमदले ३ तथा मोहित शर्मा र राशिद खानले समान २/२ विकेट लिए। कप्तान हार्दिक पान्ड्याले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनायो। गुजरातका ओपनर शुभमन गिलले ५६ रनको अर्धशतकीय ईनिङ्स खेले।
उनले ३४ बलमा ७ चौका र १ छक्का प्रहार गरे। डेबिड मिलरले २२ बलमा २ चौका र ४ छक्काको सहयोगमा ४६ रन बनाए। यस्तै अनुभव मनोहरले २१ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४२ रन बनाए।
मुम्बईका पीयूष चावलाले २ तथा राईली मेरिडेथ, अर्जुन तेन्दुल्कर र कुमार कार्तिक्येले समान १/१ विकेट लिए।
साबिक विजेता गुजरात सात खेलमा ५ जित र २ हारसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान खेलमा ३ जित र ४ हारसहित मुम्बई सातौँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
