फ्लाई दुबईको विमानमा 'चरा ठोक्किएको' भन्ने एयरलाइन्सका प्रवक्ताको बयानमा नागरिक उड्डयन प्राधिकरणले प्रश्न उठाउँदै एयरलाइन्सका दुई कर्मचारीलाई कारबाही गरेको छ।
काठमाडौँ– काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईस्थित दुबई अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको फ्लाइ दुबईको एफडिजेड ५७६ को विमानको घटनालाई लिएर नेपाल नागरिक उड्डयन प्राधिकरण र फ्लाइ दुबईको बयान बाझिएको छ।
फ्लाइ दुबईले विमानमा चरा ठोकिँदा आगोको झिल्को देखिएको बताएको थियो। तर, प्राधिकरणले घटनाको यकिन कारण अनुसन्धान भइरहेको बताएको छ। यद्यपि, प्रमाण बिना विमानमा चरा ठोकिएको भनेर भ्रमपूर्ण समाचार फैलाएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ। साथै, उनीहरूको एयरपोर्ट पास निष्क्रिय पारिएको बताएको छ।
“विमानमा चरा ठोकिएको यकिन नहुँदै र प्राधिकरणसँगको समन्वयबिना नै गलत ब्रिफिङ गरेका कारण उनीहरूलाई कारबाही गरिएको हो,” नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले भने।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि दुबईका लागि सोमबार राति ९:१९ मा उडेको विमानको इन्जिनमा समस्या देखिएपछि ठूलो आवाजसहित आगोको झिल्को देखिएको थियो। उडेको केही मिनेटमै विमानमा आगोको झिल्को देखिएपछि आकस्मिक अवतरणको प्रयास भएको थियो। तर केही समयपछि पाइलटले समस्या टरेको जानकारी दिँदै विमान गन्तव्यमै पुर्याउने निर्णय गरेका थिए।
विमान भारतको आकाशमै उडिरहेकै बेला दुबई सरकारको मिडिया कार्यालयले फ्लाइ दुबईका प्रवक्तालाई उद्धृत गर्दै जहाजमा चरा ठोक्किएको जानकारी ट्विटमार्फत दिएको थियो। त्रिभुवन विमानस्थलबाट उडान भर्ने क्रममा जहाजमा चरा ठोकिएको तर आवश्यक प्रक्रिया पूरा गरेपछि विमान सामान्य अवस्थामा गन्तव्यतर्फ गइरहेको भन्दै ट्विट गरिएको थियो।
A flydubai spokesperson: flydubai flight FZ 576 from Kathmandu Airport (KTM) to Dubai International (DXB) experienced a bird strike during takeoff from Kathmandu.
— Dubai Media Office (@DXBMediaOffice) April 24, 2023
After following standard procedure the flight will continue as normal to Dubai and is scheduled to land in DXB at…
तर, यसमाथि प्राधिकरणले प्रश्न उठाउँदै गलत जानकारी दिएका फ्लाइ दुबईका दुई कर्मचारीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो। सहप्रवक्ता भुलले एयरलाइन्सले ‘आफूमाथि आइपर्ने अबजसबाट जोगिन चरा ठोकिएको’ भनेर भ्रम फैलाएको हुने सक्ने बताउँछन्।
उनका अनुसार प्राधिकरणसँग सल्लाह नगरी र औपचारिक धारणा तय नहुँदै एकपक्षीय दाबीसहित चरा ठोकिएको भनेर ‘हेड अफिसमा ब्रिफिङ गर्नु’ ती कर्मचारीहरूको गल्ती हो। “चरा ठोकिएको भए विमानमा रगत, दाग वा कुनै अंग हुनुपर्ने हो, तर केही भेटिएको छैन। तैपनि आकाशमै जहाज रहँदा यस्तो भ्रम फैलाइनु एयरलाइन्सले आफूमाथि आइपर्ने अबजसबाट बच्न यस्तो गरेजस्तो देखिन्छ,” उनले भने “छानबिनको निष्कर्षबिना यसो गर्न मिल्दैन।”
उनका अनुसार हाल सो विमान दुबई विमानस्थलमै ग्राउन्डेड छ। विमानको अवस्थाबारे प्राविधिक टोलीले अनुसन्धान गरिरहेको छ। प्राधिकरणले पनि दुई सदस्यीय (इन्जिनियरहरू) कमिटी गठन गरेको छ। “यहाँबाट भएको अध्ययन निष्कर्ष हामीले पछि दुबईलाई जानकारी गराउँछौँ। त्यतिञ्जेल विमान ग्राउन्डेड नै हुन्छ,” उनले भने।
हिजो रातीको Fly Dubai flight no. FDZ576 (B737-800) काठमाडौँ-दुबई उडानमा bird strike भएको भनेर भ्रमपूर्ण समाचार फैलाएकोले Fly Dubai का Country Manager र Airport Manager लाई विमानस्थल प्रवेशमा रोक लगाई निजहरूको airport pass समेत निष्क्रिय पारिएको छ। pic.twitter.com/naoFp9QWOS
— Civil Aviation Authority of Nepal (@hello_CAANepal) April 25, 2023
सोमबार राति विमान उडेको ५/१० मिनेटमै प्राविधिक समस्या आई आकस्मिक अवतरणको तयारी थालेको विमानस्थलका कर्मचारीहरूले बताएका थिए। यद्यपि, पछि विमान गन्तव्यतर्फ नै उडेको थियो।
यता, जहाज दुर्घटनाबाट बचेको भन्दै त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले उकालोसँगको कुराकानीमा भनेका थिए, “शुरूमा ‘मेडेमेडे’ भनियो। त्यसो भन्नु समस्यामा छु भनेको हो। त्यसपछि हामी स्ट्यान्डबाई थियौँ। पछि थप जानकारी आएन। प्लेन होल्ड गरियो। र पाइलटले आवश्यक परे जानकारी दिने बताएका थिए। अवस्था सामान्य भएकाले होला, अहिले विमानले महेन्द्रनगर सीमा पार गरी नेपालबाट भारत प्रवेश गरिसक्यो। यहाँबाट हामीले जहाजको अवस्था नर्मल छ भन्ने बुझेका छौँ। जहाज दुर्घटनाबाट बच्यो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
