पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रको स्वातस्थित प्रतिआतंकवाद विभागको कार्यालय नजिकैको प्रहरी कार्यालयमा विस्फोट भएको हो। मृतकमध्ये अधिकांश प्रहरी भएको बताइएको छ।
पाकिस्तानको स्वात जिल्लास्थित कबाल प्रहरी कार्यालयमा दुई वटा शक्तिशाली विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ।
मृतकमध्ये अधिकांश प्रहरी भएको बताइएको छ। विस्फोटमा ५७ जना घाइते भएको पाकिस्तानी मिडियाले डनले जनाएको छ। उत्तरपश्चिमी क्षेत्रको स्वातस्थित प्रतिआतंकवाद विभागको कार्यालय नजिकैको प्रहरी कार्यालयमा विस्फोट भएको हो।
विस्फोटको कारण भने खुलेको छैन। कतिपयले घटनालाई आतंकवादी गतिविधि र आत्मघाती विस्फोट नभई कार्यालयभित्रको लापरबाही भनेको डनले लेखेको छ। घटनाको अनुसन्धान भइरहेको बताइएको छ। विस्फोटबाट प्रहरी कार्यालय र त्यहाँ रहेको मस्जिदको छतमा क्षति पुगेको र त्यहाँ आगलागीसमेत भएको बताइएको छ।
प्रहरी कार्यालयमा विस्फोटको केही घण्टाअघि मात्रै लक्की मर्वातस्थित प्रतिआंतकवाद विभागको टोलीले सशस्त्र विद्रोही समूहका ३ संदिग्धको हत्या गरेको बताइएको छ।
पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले आत्मघाती विस्फोटक भन्दै घटनाको निन्दा गरेका छन्। आतंकवादविरुद्धको लडाइँमा अग्रपंक्तिमा प्रहरी हुने गरेको भन्दै प्रधानमन्त्री शरीफले आतंकवादको अन्त्य नगर्दासम्म शान्त नहुने बताए।
साथै, प्रहरी अधिकारी गुमाउनुपरेकोमा दुख व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
