त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले फ्लाइ दुबईको जहाज दुर्घटनाबाट बचेको बताए। विमानले महेन्द्रनगर सीमा पार गरिसकेकाले विमान नर्मल अवस्थामा रहेको आफूहरूले ठानेको उनको भनाइ छ।
काठमाडौँ– पर्यटन मन्त्री सुदन किरातीले प्राविधिक समस्या देखिएर आकस्मिक अवतरण गराउने भनिएको फलाइ दुबईको विमान गन्तव्यतर्फ लागेको बताएका छन्।
सोमबार राति ९ बजे १९ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको विमानको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गराउने तयारी गरिएको थियो। विमानले काठमाडौँको आकाशमा केही फन्का लगाएको थियो। विमान उडेलगत्तै आगोको झिल्कासहित ठूलो आवाज आएको बताइएको छ।
विमानस्थलका कर्मचारीहरूका अनुसार विमान उडेको ५/१० मिनेटमै प्राविधिक समस्या आएर आकस्मिक अवतरण गराउने तयारी गरिए पनि अहिले विमान आफ्नो गन्तव्यतिर गइरहेको बताएका छन्। शुरूमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थित जाने भनिएको तर, पछि सिधै गन्तव्यतिर गइरहेको विमानस्थलका कर्मचारीको भनाइ छ।
त्यस्तै, पर्यटनमन्त्री किरातीले सामाजिक सञ्जालमार्फत फलाइ दुबईको विमान गन्तव्यतर्फ गइरहेको भन्दै चिन्ता नलिन आग्रह गरेका छन्। “फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदै छ कोही चिन्ता नगर्नु होला,” उनले फेसबुकमा लेखेका छन्।

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौला जहाज दुर्घटनाबाट बचेको बताए। उनका अनुसार चालकले पहिला आफू समस्यामा रहेको जानकारी गराएर विमान होल्डमा राखेका थिए। विमान चालकले आवश्यकता परे सूचित गर्ने जानकारी गराएकाले आफूहरू सतर्क अवस्थामा रहेको तर अहिले विमानले महेन्द्रनगर सीमा पार गरिसकेकाले विमान नर्मल अवस्थामा रहेको आफूहरूले ठानेको उनले बताए।
उनले भने, “शुरूमा ‘मेडेमेडे’ भनियो। त्यो भनेको समस्यामा छु भनेको हो। त्यसपछि हामी स्ट्यान्ड बाई थियौँ। तर पछि थप जानकारी आएन। प्लेन होल्ड गरियो। आवश्यक परे जानकारी गराउने चालकले भनेका थिए। अवस्था सामान्य भएकाले होला, अहिले विमानले महेन्द्रनगर सीमा पार गरेर नेपालबाट भारत प्रवेश गरिसक्यो। यसबाट हामीले जहाजको अवस्था नर्मल छ भन्ने बुझेका छौँ। जहाज दुर्घटनाबाट बच्यो।”
त्यस्तै, फ्लाइ दुबईका प्रवक्ताले त्रिभुवन विमानस्थलबाट उडान भर्ने क्रममा जहाजमा चरा ठोक्किएको बताएका छन्। ट्विटरमार्फत फ्लाइ दुबईका प्रवक्ताले मापदण्ड पूरा गर्दै विमान अहिले सामान्य अवस्थामा गन्तव्यतर्फ आइरहेको र स्थानीय समयअनुसार १२ बजेर १४ मिनेटमा दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने बताएका छन्।
A flydubai spokesperson: flydubai flight FZ 576 from Kathmandu Airport (KTM) to Dubai International (DXB) experienced a bird strike during takeoff from Kathmandu.
— Dubai Media Office (@DXBMediaOffice) April 24, 2023
After following standard procedure the flight will continue as normal to Dubai and is scheduled to land in DXB at…
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
