मूलपानी मैदानमा नेपालले पहिलो पटक ५० ओभरको खेल खेल्दै छ। नेपाल र साउदी अरबबीचको खेल बिहान ९ बजेदेखि माथिल्लो मैदानमा शुरू हुने तय थियो।
काठमाडौँ– वर्षा रोकिएसँगै मूलपानी क्रिकेट मैदानमा ढाकिएको पिचको कभर हटाइएको छ।
एसीसी प्रिमियर लिगअन्तर्गत नेपालको तेस्रो खेल यो मैदानमा हुँदै छ। नेपालले पहिलो पटक यस मैदानमा ५० ओभरको खेल खेल्न लागेको हो।
नेपाल र साउदी अरबबीचको खेल बिहान ९ बजेदेखि माथिल्लो मूलपानी मैदानमा शुरू हुने तय थियो। तर, वर्षाका कारण रोकिएको हो।
नियमित समयअनुसार टस ८: ३० मा हुनुपर्ने हो। वर्षा नरोकिएपछि टसमा ढिलाइ भएको थियो। अहिले वर्षा रोकिएसँगै पिचको कभर हटाइएको छ। यस्तै, आउट फिल्डलाई सुपर सापरले सुकाउने काम भइरहेको छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाई र कप्तान रोहितकुमार पौडेलले आउट फिल्ड निरीक्षण गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
