मलेसियाले दिएको २२८ रनको लक्ष्य ओमानले ४१.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो।
काठमाडौँ– जतिन्दर सिंहको शतकसँगै ओमानले एसीसी प्रिमियर कपमा मलेसियालाई पराजित गरेको छ। आइतबार सम्पन्न खेलमा ओमानले मलेसियालाई ८ विकेटले पराजित गरेको हो।
मलेसियाले दिएको २२८ रनको लक्ष्य ओमानले ४१.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो।
ओमानका ओपनर सिंहले १११ बलमा १०१ रनको अविजित इनिङ्स खेले। उनले १३ चौका र १ छक्का प्रहार गरे।
अर्का ओपनर कश्यप प्रजापतीले ६९ बलमा ९ चौका र १ छक्कासहित ६६ रन बनाए।
कश्यप र सिंहबीच पहिलो विकेटका लागि १२३ रनको साझेदारी भएको थियो। कश्यप २३औँ ओभरको तेस्रो बलमा मोहम्मद अमिरले बोल्ड गरे।
यस्तै, कप्तान जिशान मक्सूदले ५८ बलमा १० चौका प्रहार गरे।
मलेसियाका मोहम्मद अमिरले २ विकेट लिए। उनले ६ ओभर बलिङ गर्दै २६ रन खर्चिए।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२७ रन बनाए।
मलेसियाका वीरन्दीप सिंहले सर्वाधिक ९४ रन बनाए। उनले १४४ बलमा १३ चौका प्रहार गरे। यस्तै, मोहम्मद शाहदतले ६० बलमा ६ चौका र १ छक्कासहित ५५ रन बनाए।
मलेसियाका मोहम्मद अमिरले २०, मोहम्मद वाफिकले १९ र सय्यद अजिजले १८ रन बनाए। मलेसियाका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
ओमानका जिशान मक्सूदले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै ३५ रन खर्चिए। आयन खान र बिलाल खानले २/२ विकेट लिए। कलिहुल्लाहको नाममा १ विकेट रह्यो।
समूह 'ए' मा ओमानले ३ खेलबाट ४ अंक जोडेको छ। ओमानले पहिलो खेलमा कतारलाई ४० रनले पराजित गरेको थियो।
यस्तै, दोस्रो खेलमा नेपालसँग ८४ रनले पराजित भएको थियो।
अब ओमानले अन्तिम खेल साउदी अरबसँग खेल्ने छ।
मलेसियाको यो दोस्रो हार हो। मलेसिया पहिलो खेलमा नेपालसँग ६ विकेटले पराजित भएको थियो। तर, दोस्रो खेलमा साउदीलाई ८ विकेटले पराजित गरेको थियो।
अब मलेसियाले अन्तिम खेल कतारसँग खेल्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
