बाहुनडाँगी हुँदै भारतबाट जंगली हात्तीको हुल नेपाल प्रवेश गर्छन्। हुलबाट एक्लिएको हात्तीले मान्छेमाथि आक्रमण गर्दै आएको स्थानीय बताउँछन्।
झापा– जंगली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–५ खारखोलाका एक जना वृद्धको मृत्यु भएको छ।
डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार शनिबार बिहान ७० वर्षीय भीमबहादुर भट्टराईलाई हात्तीले कुल्चेर मारेको हो।
बारीमा पाक्न लागेको मकै खान आएको हात्तीलाई लखेट्ने क्रममा भट्टराईलाई हात्तीले आक्रमण गरेको प्रमुख राईले जानकारी दिए।
डिभिजन वन कार्यालय र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएकाले थप विवरण आउन बाँकी रहेको उनको भनाइ छ। जिल्लाको पूर्वी क्षेत्र बाहुनडाँगी हुँदै भारतबाट समेत जंगली हात्तीको हुल नेपाल प्रवेश गर्छन्।
त्यस्तै एक दर्जनको संख्यामा रैथाने हात्ती पनि स्थानीय जंगलमा बस्दै आएका छन्। हुलबाट एक्लिएको जंगली मान्छेमाथि आक्रमण गर्दै आएको स्थानीय बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
