बलियो राजनीतिक शक्ति बनाउने कर्तव्यबाट नागरिक पनि चुक्दै गइरहेको महासचिव पोखरेलले बताएका छन्।
काठमाडौँ– एमाले महासचिव शंकर पोखरेलले देशको विद्यमान अवस्थालाई बदल्न राजनीतिक ध्रुवीकरण जरुरी रहेको बताएका छन्।
नेपाली जनमत विभाजित हुँदा बलियो राष्ट्रिय शक्ति निर्माण हुन नसकेको उनको भनाइ छ। शनिबार उनले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रधानमन्त्री, मन्त्रीहरू फेरिरहने, कसैले दिगोगरी काम गर्न नपाउने कारणले नै मुलुक बन्न नसकेको बताएका हुन्।
“जति धेरै राजनीतिक दल त्यति धेरै नीतिगत विचलन, सत्ताको सौदाबाजी र वैदेशिक चलखेल भयो,” महासचिव पोखरेलले भने, “यो अवस्थाबाट मुलुकलाई जोगाएर अगाडी बढ्ने हो भने अब नीतिका आधारमा वैचारिक र राजनीतिक ध्रुवीकरण तथा त्यसका आधारमा बलियो राष्ट्रिय शक्ति निर्माण गर्नु जरुरी छ।”
महासचिव पोखरेलले देशको विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताए। विगतको निर्वाचनको परिणामले देशलाई राजनीतिक स्थायित्वतर्फ अगाडी बढाउन नसक्ने उनको दाबी छ। बलियो राजनीतिक शक्ति बनाउने कर्तव्यबाट नागरिकहरू पनि चुक्दै गइरहेको महासचिव पोखरेलले बताएका छन्।
“संसद्को शक्ति सन्तुलनका कारण दिगो विकासको सपनालाई सार्थक बनाउन नसकिने अवस्था छ। अहिलेको परिस्थिति अनुसार जुन पार्टी सरकारमा गए पनि जनताको चाहनालाई पूरा गर्न कठिन छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
