१३५ रनको विजयी लक्ष्य चेन्नईले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
काठमाडौँ– चेन्नई सुपर किंग्स ईन्डियन प्रिमियर लिग (आईपीएल)को तेस्रो स्थानमा उक्लिएको छ।
शुक्रवार राति एमए चिदम्बरममा सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै घरेलु टोली तेस्रो स्थानमा उक्लिएको हो।
१३५ रनको विजयी लक्ष्य चेन्नईले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। चेन्नईका डेभन कन्वेले ७७ रनको अर्धशतकीय ईनिङ्स खेले।
उनले ५७ बलमा १२ चौका र १ छक्क प्रहार गरे। ऋतुराज गायकवाडले ३० बलमा ३५ रन बनाए।
हैदराबादका मंयक मारकन्डेले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबाद निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३४ रनमा समेटियो।
हैदराबादका अभिषेक शर्माले सर्वाधिक ३४ रन बनाए। उनले २६ बलमा ३ चौका र १ छक्का प्रहार गरे। यस्तै राहुल त्रिपाठीले २१ तथा हेनरिक केल्सनले १७ रन बनाए ।
चेन्नईका रविन्द्र जडेजाले ३ तथा मथिशा पथिराना, महेश थिक्सना र आकाश सिंहले १/१ विकेट लिए।
यस जितसँगै चेन्नई ८ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
१० टोली सहभागी प्रतियोगितामा हैदराबाद ४ अंकसहित नवौँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
