दैनिक ५ सयदेखि ६ सय हाराहारीमा विदेशी पर्यटकहरू भक्तपुरका ऐतिहासिक सम्पदा क्षेत्र अवलोकन गर्न आउने गरेको नगरपालिकाले जनाएको छ।
भक्तपुर– कोभिड–१९ को महामारीपछाडि भक्तपुर घुम्न आउने पर्यटकको संख्या बढेको छ। भक्तपुर नगरपालिकाले तथ्यांक सार्वजनिक गर्दै पछिल्लो नौ महिनामा एक लाख १६ हजार ८१२ जना पर्यटक भक्तपुरमा भित्रिएको जनाएको हो। जसमध्ये सार्क राष्ट्र सदस्यमा नभएका मुलुकका ६७ हजार ७०० जना र सार्क राष्ट्र सदस्य र चीनका गरी ४९ हजार ११२ जना पर्यटकले भक्तपुर घुमेको नगरपालिकाले जनाएको छ।
गत आव २०७८/०७९ मा ९३ हजार ६४५ जना पर्यटक भक्तपुरमा भित्रिएका थिए। यस वर्षको तुलनामा २४ हजार १६७ जना कम पर्यटक भित्रिएका थिए। गत वर्ष पर्यटन शुल्कबापत ११ करोड १४ लाख ३१ हजार ५०० रुपैयाँ उठेको थियो भने यस वर्ष पर्यटकको संख्या वृद्धि भएसँगै पर्यटन शुल्कबापत १३ करोड ४४ लाख ५५ हजार रुपैयाँ संकलन भएको नगरपालिकाले जनाएको छ।
भक्तपुर नगरपालिकाले २०२३ जनबरी १ देखि डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न गैरसार्क पर्यटकहरूसँग नेपाली १५ सय रुपैयाँलाई बढाएर १८ सय शुल्क संकलन गर्दै आएको छ।भक्तपुर नगरपालिकाले पर्यटकहरूबाट उठेको शुल्कबाटै भक्तपुरको सम्पदाहरू संरक्षण, शिक्षा, स्वास्थ्य, सरसफाइ, विकास निर्माणजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्दै आएको जनाएको छ।
दैनिक ५ देखि ६ सय हाराहारीमा विदेशी पर्यटकहरू भक्तपुरका ऐतिहासिक सम्पदा क्षेत्र अवलोकन गर्न आउने गरेको नगरपालिकाले जनाएको छ।
“विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीले पर्यटन क्षेत्रमा नराम्रोसँग असर पारेकोमा हाल भने विदेशीहरूको आगमनसँगै अब आशा पलाएको छ,” नगरपालिकाले सार्वजनिक गरेको तथ्यांक विवरणमा भनिएको छ, “विश्व सम्पदा सूचीमा सूचीकृत यहाँका सम्पदाहरूको अवलोकन गर्न विदेशी पर्यटकहरूको आगमन बढेसँगै भक्तपुरका पर्यटन व्यवसायीहरू पनि खुशी देखिन्छन्। पर्यटकहरूको आगमनसँगै भक्तपुरको पर्यटन व्यवसायमा पनि चहलपहल बढ्दो छ।”
नगरपालिकाका अनुसार भक्तपुरमा प्रायः भारतीय, चीन, अमेरिका, जापान, कोरिया र युरोपेली मुलुकका पर्यटकहरूको आगमन बढ्न थालेको हो। पर्यटकहरूको चहलपहल बढेसँगै भक्तपुरका विभिन्न पेसा व्यवसायीहरूमा पनि आर्थिक गतिविधिहरू बढ्न थालेको नगरपालिकाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
