निर्वाचन आयोगले आइतबार हुन लागेको उपनिर्वाचनमा आचारसंहिता प्रतिकूलका गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गर्न सरोकारवालालाई निर्देशन दिएको छ।
काठमाडौँ– उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र एवं भयरहित वातावरणमा सम्पन्न गर्नाका लागि मिलाइएको व्यवस्था प्रभावकारी बनाउन निर्वाचन आयोगमा 'उपनिर्वाचन सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र' स्थापना गरिएको छ। शुक्रबार गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत संयोजकमा संयन्त्र स्थापना गरिएको हो।
संयन्त्रमा नेपाली सेनाका महासेनानी भेषबहादुर केसी, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग्विजय सुवेदी र राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक भूमिप्रसाद पाठक रहेका छन्।
त्यस्तै, आयोगले निर्वाचन आचारसंहिता प्रतिकूलका गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गर्न सरोकारवालालाई निर्देशन दिएको छ। आयोगले शुक्रबार पाँच बुँदे निर्देशन जारी गर्दै आचारसंहिता पालना गराउन सरोकारवालालाई भनेको हो।
आइतबार हुन निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि मतगणना सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरेको छ। यसका लागि अनुगमन समितिहरूका अतिरिक्त आयोगले विशेष अनुगमन टोलीसमेत खटाएको छ।
जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ। प्रचारप्रसार निषेधको अवधिमा छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न रोक लगाइनुका साथै एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ।
निर्वाचन हुने जिल्लाभित्र मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनलाई नियन्त्रण गर्ने व्यवस्था मिलाउन पनि आयोगले सरकारलाई निर्देशन दिएको छ।
निर्देशनमा निर्वाचन कसुर गरेको कहीँ कतै भेटिएमा कानुनबमोजिम तत्काल कारबाही गर्ने, अनुमतिविपरीत कुनै व्यक्तिले सवारी साधन प्रयोग गरेको पाइएमा मतदान सम्पन्न नभएसम्म कब्जामा लिई आवश्यक कारबाही गर्ने व्यवस्था मिलाउन भनिएको छ।
आइतबार बारा– २, तनहुँ– १ र चितवन– २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
