विमानस्थलमा यात्रु अलपत्र पार्ने गरी नयाँदिल्लीका लागि दुई उडान रद्द भएपछि नेपाल वायु सेवा निगमले माफी मागेको छ।
काठमाडौं– विमानस्थलमा यात्रु अलपत्र पार्ने गरी नयाँदिल्लीका लागि दुई उडान रद्द भएपछि नेपाल वायु सेवा निगमले माफी मागेको छ। निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै काठमाडौँ–दिल्ली उडान विशेष कारणवश रद्द भएको र यात्रुमा पर्न गएको असुविधाप्रति माफी मागेको हो।
निगमले आगामी दिनमा यस्ता घटना नदोहोर्याउने प्रतिबद्धतासमेत जनाएको छ। "३० अक्टोबर २०२२ को काठमाडौं–दिल्ली–काठमाडौंको आरए २१७–२१८ र ३१ अक्टोबरको उडान नम्बर आरए २०५–२०६ विशेष कारणवश रद्द भएकाले यात्रुवर्गमा पर्न गएको असुविधाप्रति निगम दुख व्यक्त गर्दछ," निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "आगामी दिनमा यस्तो नहोस् भनी सचेत रहनेसमेत प्रतिबद्धता व्यक्त गर्दछौँ।"
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आइतबार उडान तालिका स्वीकृत नगरेको भन्दै निगमको दिल्ली उडान रोकेको थियो। नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडान गरिरहेका वायुसेवाहरूको विन्टर सेड्युलमा कटौती गरेपछि विमानस्थलले उडान रोकेको थियो। उडान रद्द हुँदा दिल्ली र काठमाडौंमा गरी साढे चार सय यात्रु अलपत्र गरेका थिए।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
